रिजाल बंश समाजको साधारणसभा सम्पन्न

प्रकाशित मिति:

बुटवल – रिजाल बंश सेवा समाज रुपन्देहीको दोस्रो साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सभाहल निमार्ण गर्ने, बंशावलीलाई थप व्यवसस्थित र व्यापक बनाउने लगाएतका निर्णय गरेको छ । दोस्रो साधारण सभाको उद्घाटन गर्दै समाजका केन्द्रिय अध्यक्ष केदार रिजालले धनन्जय ऋषि कुल गोत्रीय रिजाल बन्दुहरु कुनै पनि वहानामा टुट्फूट हुन नहुने बताए । उनले समाजलाई अझ बलियो व्यवस्थित र सवैका माझमा पुग्ने गरी कार्यक्रम निमार्ण भैरहेको भन्दै त्यसको कार्यन्वयनका लागि सवैले हातेमालो गर्नुपर्नेमा जोड दिए । साधारण सभामा बोल्दै केन्द्रिय उपाध्यक्ष तथा प्रदेश ५ संयोजक मोहनीलाल रिजालले कुल वंशको उत्थानका लागि समाज स्थापना भएकोभ भन्दै त्यसलाई व्यवस्थापनका लागि सवै एक जुट हुनुको विकल्प नरहेको बताए । उनले सभाहल निमार्णको लागि काम भैरहेको बताउँदै सवैलाई सहयोगको आह्वन समेत गरे ।

साधारण सभामा केन्द्रिय सदस्य बेधनिधी रिजाल, अर्का केन्द्रिय सदस्य मेघनाथ रिजाल, बंशावली उपसमिति संयोजक कल्याण रिजाल, उपसमिति सदस्य टिकाराम रिजाल, अग्रज खगेन्द्र रिजाल, मोहन रिजाललगाएतले बोल्दै बन्दुत्वका लागि समाजले काम गर्नुपर्नेमा जोड दिए । समाजका रुपन्देही अध्यक्ष गोविन्द रिजालको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिक सम्मान अन्तरगत वर्ष ८७ का टिकाराम रिजाल र ८६ वर्षीय लिला देवि रिजाललाई सम्मान गरिएको थियो । साधारण सभाको अवसरमा जग्गादाताहरु गोविन्द रिजाल र नन्दलाल रिजाललाई सम्मान गरिएको थियो । उनीहरुले समाजको मन्दिर तथा अन्य बन्दोबस्तिका लागि एक कठ्ठा जग्गा दिएका थिए ।

त्यस्तै सभाहल निमार्णका लागि लुम्विनी दुध डेरीका संचालक जनक रिजालले एक लाख ५ हजार ५ सय ५५, तिलोत्तमा ३ का थानेश्वर रिजालले एक लाख ५ हजार ५ सय ५५, बुटवल १५ का बेदानिधी रिजालले ५१ हजार ५ सय ५५ र सैनामैना का श्याम प्रसाद रिजालले २५ हजार ५ सय ५५, तिलोत्तमा ६ का कृष्ण प्रसाद रिजालले १५ हजार, बुटवल ४ का षडानन्द रिजालले ११ हजार ५ सय ५, बुटवल १० का सुरेश रिजालले ११ हजार ५ सय ५५ दिने घोषण गरेका छन् । साधारण सभाले अध्यक्षको प्रगति प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गरेको थियो ।