लैंगिक हिंसाविरुद्ध अभियानको क्रममै १६ उजुरी

प्रकाशित मिति:

हेटौंडा  –  हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म मनाइने लैंगिक हिंसाविरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियान सकिएको छ । ‘शान्ति नै विश्वशान्तिको आधार–लैंगिक हिंसाविरुद्ध शून्य सहिष्णुता कायम गरौं’ भन्ने नारासहित यस वर्ष पनि १६ दिने अभियान मनाइएको थियो । तर, लैंगिक हिंसाविरुद्ध अभियानका क्रममा हेटौंडाका होटलतिर अन्र्तक्रिया लगाएत ‘जनचेतनामूलक’ कार्यक्रम भइरहँदा मकवानपुरका विभिन्न ठाउँमा भने महिला हिंसाका घटना भइरहे । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म हिंसाका १६ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये १४ वटा घरेलुहिंसा छन् भने एउटा बाल यौन दुव्र्यहार र एक महिला हिंसा छन् ।

लैंगिक हिंसासम्बन्धि यस्ता कार्यक्रम मनाइँदै गर्दा अभियानको केन्द्र हेटौंडामात्र हुने गरेको छ । यस्ता अभियानले हेटौंडालाई मात्र केन्द्र बनाउँदा जिल्लाभर पीडामा रहेका महिला र पुरुष अभियानबाट टाढा रहेको देखिएको छ । सम्बन्धित निकायले यस्ता अभियान सञ्चालन गर्दा ग्रामीण तहदेखि राजधानीसम्मलाई अघि बढाउनुपर्ने आवश्यकता रहेको प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताउनुभयो । अभियान र अन्य दिनमा आफूहरुलाई जिम्मेवारी पूरा गर्नमा कुनै फरक नपाइएको उहाँको भनाइ छ । यस्ता अभियान हेटौंडामा नै केन्द्रित भइरहँदा अभियानको महत्व कमजोर बन्यो । यस्ता अभियान जहाँ शिक्षाको कमी छ, त्यहाँ सञ्चालन हुनु आवश्यक छ, अनिमात्र यस्ता अभियानले सार्थकता पाउने उहाँको भनाइ छ ।

थप समाचार