विवाहमा हिडेको कारलाई ट्रकले ठक्कर दिदा ६ जनाको मृत्यु

प्रकाशित मिति:

बुटवल – भारतको उत्तर प्रदेशको बहराइचमा बुधवार राती कार दुर्घटना भएको छ । नेपाललाई जोड्ने रुपैडिया राजमार्गमा एउटा तिव्र गतिमा आइ रहेको ट्रकले इनोभा कारलाई ठक्कर दिदा ६ जनाको ज्यान गएको छ । यस दुर्घटनामा ३ जना घाइते भएका छन् । घाइतेहरुको स्थानिय मेडिकल कलेजमा उपचार भईरहेको छ । कोतवाली नानपारा अन्तर्गत गान्धी पार्क निवासी अनिल सोनीकी छोरीको बुधवार विवाह भएको थियो । विवाह रुपैडिया रोड स्थित बन्दन गेस्ट हाउसमा भइरहेको थियो ।

जन्ती बुधवार साँझ नाजिरपुराबाट नानपारा प्रस्थान गरे । इनोभा कारमा चालक सहित ९ जना थिए । ट्रकको टायर फुटेर ट्रक अनियन्त्रित भएर अगाडीबाट आइरहेको कारलाई ठक्कर दिँदा राती १० बजे तिर उक्त घटना भएको हो । रामबाबु , धर्मेन्द्र सोनी, मोहल्ला अकबरपुरा , कार चालक , र रिसिया निवासी सूरजकुमारलगायत ६ जनाको ज्यान गएको छ । दुर्घटनाको सूचना पाएपछि नानपारा सीएचसीका डा. चन्द्रभनको नेतृत्वमा डाक्टरको टोली इन्चार्ज इन्स्पेक्टर सन्तोषकुमार सिंहबाहेक घटनास्थलमा पुगेका थिँए । प्रहरीले घाइतेलाई अस्पताल पुर्याएको छ ।