सिन्धुपाल्चोक केन्द्र बनाएर ४.८ रेक्टर स्केलको भूकम्प

प्रकाशित मिति:

काठमाडौं– सिन्धुपाल्चोक केन्द्र बनाएर विहीबार साँझ भूकम्प गएको छ । ७ बजेर ११ मिनेटमा गएको भूकम्पको धक्का ४.८ रेक्टर स्केल मापन गरिएको छ । भूकम्पको धक्का छिमेकी जिल्ला काभ्रे, काठमाडौं, भक्तपुर र ललितपुरमा पनि महशुस भएको छ ।

भूकम्पको धक्का महशुस भएपछि काठमाडौं केही मानिस घर बाहिर निस्किएका थिए । राष्ट्रिय भूकम्प मापन केन्द्रले यो भूकम्प २०७२ साल बैशाखमा गएको भूकम्पको परकम्प भएको जनाएको छ । यसअघि यही मंसिर ११ गतेसिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु बनाई ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।