बच्चाहरुलाई पढाईमा उत्कृष्ट बनाउँने हो भने आजै ल्याउनुहोस् कुकुर : कारण यस्तो छ

प्रकाशित मिति:

काठमाडौ – धेरै अभिभावकहरूले पढिरहेको बेला घरपालुवा कुकुरहरूलाई बच्चाबाट टाढा राख्ने गर्छन् । ताकि बच्चाहरूले स्कूल खेल्न नपाउँन् । तर हालै क्यानाडाको यूबीसी ओकानागान स्कूल अफ एजुकेशनको अनुसन्धानले जब बच्चाहरूका वरिपरि पाल्तु कुकुर हुँदा हुने लाभबारे नयाँ तथ्य फेला पारेको छ । अध्यनका अनुसार उनीहरु धेरै बढ्ने र पढेको कुरा छिटो सिक्न र सम्झन सक्छन् भन्ने कुरा पत्ता लगाएको छ । घरपालुवा कुकुरहरू बच्चाहरुको वरिपरी भएमा बच्चाहरूले अध्ययनमा बढी चासो देखाउने बताइएको छ । उक्त अध्ययन १७ जना बच्चाहरूमा गरिएको थियो। यसमा १ देखि ३ कक्षामा अध्ययनरत बच्चाहरू थिए । यी बच्चाहरूलाई पहिले एक्लै अध्ययन गर्न भनियो र पछि अध्ययनको क्रममा पाल्तु कुकुरहरूसँग राखियो । त्यसपछि अनुसन्धानकर्ताहरूले विश्लेषण गरे कि बच्चाहरूले कसरी कुकुरहरूको उपस्थिति र अभावमा अध्ययन गरे ।

अन्वेषक क्यामिली रुसोले अध्ययनले बच्चालाई लामो समयसम्म अध्ययन गर्न प्रेरित गर्न सकिन्छ र कुकुरसँगै हुँदा केही चुनौतीहरू सजिलैसँग पार गर्न सकिने बताएकी छन् । अनुसन्धानमा, बच्चाहरूलाई पहिलो पटक केही पढ्न दिइयो र जसलाई उनीहरुले बुझेनन् । त्यसपछि प्रत्येक बच्चालाई कुकुर लाई संगै बसालेर ठूलो स्वरले पुस्तक पढ्न लगाइयो त्यसमा बच्चाहरूले अधिक चासो देखाए र राम्रो नतिजा ल्याएका थिए । थेरापी कुकुरको पठनपाठनमा धेरै स्कूलहरु, पुस्तकालयहरु र सामुदायिक संगठनहरुमा यसको लोकप्रियता बढेको छ । उनले धेरै ठाउँमा कुकुरले बच्चाहरुलाई बढ्न सहयोग गरिरहेको बताएका छन् । -जनबोली बाट