भ्रष्टाचारीले भरिएको मेरो देशमा गरिब मजदुरको पिडा कसले सुन्ने र कहिले सुनिने

प्रकाशित मिति:

गरीब निमुखाको कुरा कसले सुन्ने सरकार ,पिडित गरिबको मन कसले बुन्ने सरकार , बिरामी हुँदा अस्ट्रेलिया पुग्न सक्छौ सरकार गरिब बिरुद्धको आवाज किन उठाउदैनौ सरकार , भनिन्छ सेवा नै मानव धर्म हो ।गरिब दीन दुखिको सेवा नै मानव कर्तव्य हो ।तर बिडम्बना यहाँ सेवा गर्नुको त के कुरा उनीहरुलाई काटेमाथि नुनचुक छर्ने काम गरीन्छ । आखिर यो कहिले सम्म सरकार कहिले परिवर्तन हुन्छ मानव सोच कहिले फेरिन्छ देशको मुहार । हाम्रो देश कृषिप्रधान देश हो एकातिर के गर्नु यो त नाममा मात्र सिमित भयो के जमिन प्रशस्त छन् तर उत्पादन कम एक छाक टार्न बाहिरैबाट ल्याउनुपर्ने अर्कोतिर जग्गा जमिन सप्पै हिउँदमा बाटो खन्छन् बर्खामा पहिरोले सोर्छ।अनि भका जमिन सप्पै खोलामा उफ्। कैयौ नेपालका युवा धन कमाउन खाडिमा आफ्नो पसिना बगाउछन छाक टार्न को लागि बिचरा कोही एक छाक टार्न पनि आफ्नो परिश्रम भन्दा पनि कम पारिश्रमिकमा पनि काम गर्न बाध्य छन् ।

समाजले गरिब निमुखालाई हेप्ने चलन जुन घटिया सोच यो परिवर्तन नभए सम्म देश परिवर्तन अवश्य हुँदैन ।आखिरीमा दिनरात मेहनत गर्दापनि छाक टार्न सकिदैन त के गरून् नेपाली ।कोही पेट भर्नकै लागि बाटोमा हिँड्छन् के गर्नु भोकले गरिब नभन्दो रहेछ ।गरिब पिडितलाई त्यो जथाभावी जमिन भत्काएर बाटो खन्न भन्दा उनीहरुलाई त्यही जमिन अन्न फलाउन दियो भने कमसेकम पेट त भरिन्थ्यो होला नि।आफ्नो परिश्रम अनुसारको पारिश्रमिक पाए भने उनीहरु यस्तो पिडा भोग्नु पर्दैनथ्यो हैन र सरकारल। यहाँ राष्ट्रपति प्रधानमन्त्री बिरामी हुँदा उपचार गर्न अस्ट्रेलिया क्यानडा जान सक्नुहुन्छ ।एक गरिब पैसाको अभावमा सडकमा पर्दा उनीहरुको मरण हुँदा कमिलाको मृत्यु सरह हुन्छ आखिर मानव त एउटै होइन र ।राष्ट्रपति र प्रधानमन्त्रीको शरिर एउटै होइन र । मानवको पिडा मानवले नै नबुझे कसले बुझ्छ जुन थालमा खायो उहि थालमा चुठ्ने सोच हटाउनुहोस सरकार। यदि हजुरमा मानवता सम्बन्धी अलिकति सत्बिचार छ भने गरिब मजदुरलाई पनि कुनै काम दिई छाक टार्न सहज बनाईदिनु होस् ।एक गरिब व्याजमा ऋण काढेरै मरुभूमिमा पसिना बगाउछन अन्त्यमा लास बनि बाकसमा उफ्।किन जानीजानी खाल्डो खनिन्छ  ,त्यो लगानी यहि भूमीमा लगाए सुन फल्दैन र सरकार। जथाभावी बाटो खन्न छोड्नुहोस् जमिन भए गरीबलाई दिनुहोस् र उनिहरुको भोक मेटाई पुण्य कमाउनुहोस् आशिर्वाद मिल्नेछ सरकार। बबिता थापा  , रिब्दिकोट ७ बतासे पाल्पा