डाक्टर घिमिरेको अनुसन्धान विश्वकै उत्कृष्ट जर्नलमा प्रकाशित

२७ मंसिर २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


बुटवल –  त्रिभुवन विश्व विद्यालय, भौतिक शास्त्र केन्द्रिीय विभाग किर्तिपुरमा सह—प्रध्यापकका रुपमा कार्यरत डा। माधव प्रसाद घिमिरेद्वारा भर्खरै आफ्नो अनुशन्धानलाई विश्व कै उत्कृष्ट जर्नल मध्ये ४ नम्बरमा पर्ने जर्नल नेचर मेटेरिएल्स मा प्रकाशित गर्नु भएको छ । उक्त अनुशन्धानको बारेमा देश र विदेशमा चासो बढ्दै गइरहेको छ । डा। घिमिरे उक्त अनुशन्धान गर्नको लागि गत मार्च महीनामा दुई महिनाको लागि एमआईटी, यूएसए जानुभएको र अन्य काम भौतिक शास्त्र केन्द्रिय विभागमा नै बसेर विभिन्न देशका भौतीक शास्त्रका वैज्ञानिकहरुको सहकार्यमा सम्पन्न गर्नु भएको छ । उक्त जर्नल विश्वकै उत्कृष्ट जर्नल मध्ये चौथो नम्वरमा पर्ने जसको इम्प्याक्ट फ्याक्टर ३८ दशमलव ५, जेआर स्कोर १६ दशमलव ५२४ र एच इन्डेक्स ४०३ रहेको छ । नेपालमै बसी अनुशन्धान गरेर उक्त जर्नल मा आफ्नो अनुशन्धान प्रकाशित गर्ने डा.घिमिरे नेपालमै पहिलो हुनुहुन्छ ।

नेपाली वैज्ञानिकहरुको नेचर मा प्रकाशित लेख मध्येको यो लेख तेश्रो रहेको छ । जर्मनी र जापानमा बसि अनुशन्धान गर्नुभएका डा। घिमिरे गत वर्षदेखि भौतिक शास्त्र केन्द्रिय विभागमा कार्यरत हुनुहुन्छ । डाईरेक फर्मियन्स एण्ड फ्ल्याट बोण्ड्स इन द आईडियल कागोम मेटल एफईएसएन शिर्षक रहेको उक्त अनुशन्धानमा अमेरीका चाइना जर्मनका बैज्ञानिकहरुको पनि सम्लग्नता रहेको छ । एफईएसएन र कागोम सिस्टममा रहेका फ्ल्याट ब्याण्ड्स र फर्मिएन्सको अध्ययन र अनुशन्धानबाट उक्त सिस्टम मा रहेको एफईएसएन विभीन्न आधुनिक विधुतिय उपकरण बनाउनको लागि नयाँ सममग्री रहेको आविष्कार भएको छ । उक्त अनुशन्धानले पार्टिकल्सको फरक फरक विशेषताहरुको बारेमा अध्ययन गर्न सहयोग हुने कुरा प्रष्ट्याएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई समाजसेवी भण्डारीले प्रदान गरे…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा