कपिलवस्तु महोत्सव- डान्स आईडल साथै ३ दिनको लागि हेलिकप्टर उडान हुने

२७ मंसिर २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


इमरान खान / कपिलवस्तु – ११ औँ कपिलवस्तु महोत्सव अन्र्तगत सर्वाधिक चासोका साथ दर्शकले मन पराएको डान्स आईडलको नवौं संस्करण पछिल्ला दिनमा रोचक बन्दै गएको छ । महोत्सव अन्र्तगतको एक आकर्षणको क्षेत्रको रुपमा हेरिने डान्स आईडलमा यस पटक १५ जना प्रतियोगिले स्टेज पाएका थिए । १५ जनाबाट सुरु भएको आइडलमा अहिले सात जना मात्र बाकि रहेका छन्। महोत्सवको आठौँ दिन आज ११ औँ कपिलवस्तु महोत्सव तथा ९ औँ डान्स आईडलमा ८ जना प्रतिस्प्रधीले नृत्य प्रस्तुत गरेका थिए । आज आईडलको आठौं दिन आंशिका खड आईडलबाट बाहिरनु भएको छ ,भने सोनिका पाण्डे डान्स अफ द डे बन्न सफल हुनु भएको छ । बाहिरिए सँगै शुक्रबारको प्रतिश्पर्धाका लागि अब सात जना प्रतियोगिहरु बाकि रहेका छन। दर्शकले खरिद गर्ने टिकेटबाट दिएको भोट र निर्णायकको मुल्याङ्नको आधारमा आजको प्रस्तुतिले आंशिका खड आईडलबाट बाहिरिएकि छन । भोली ७ जनाको प्रस्तुती रहने आईडल संयोजक अमृत केसीले जानकारी दिनुभयो ।आज तृष्णा गुरुङ आधुनिक लोक तथा दोहोरी गायक खुमन अधिकारी,रेनुराना कमला राना लगायत स्थानीय कलाकारको प्रस्तुती रहेको मिडिया संयोजक गणेश पोख्रेलले जानकारी दिए ।

महोत्सवमा दैनिक नवौं डान्स आइडलको प्रस्तुतीका साथमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहने गरेको छ । राष्ट्रिय कलाकारको प्रस्तुती संगै दर्शकले मनोरन्जन लिई रहेका छन। त्यस्तै कपिलवस्तुको बाणगंगा नगरपालिका ४ जितपुरमा बुद्ध रङगशालामा जारी एघारौँ कपिलवस्तु महोत्सवमा आजबाट हेलिकप्टरबाट पर्यटकीय स्थलको अवलोकन हुने भएको छ । त्यसका लागि हेलिकप्टर आज विहानै १० बजे आइसकेको महोत्सवका निर्देशक दिनेश क्षेत्रीले जानकारी दिनुभएको छ । मुख्यगरी हेलिकप्टरबाट नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी जिल्लामा पहिलोपटक नगरका पर्यटकीय स्थलको अवलोकन गराइने भएको हो । आयोजक बाणगंगा स्पोर्टस एण्ड वेलफेयर सोसाइटी एवम्मेला मूल आयोजक समितिका संयोजक राजकुमार खाँणका अनुसार पौष २६, २७, र २८ गते गरी ३ दिनको लागि हेलिकप्टर उडान हुने छ। हेलिकप्टरबाट बाणगंगा नगरपालिका भित्रका मुख्य धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरुको परिक्रमा गराइने आयोजकको तयारी रहेको छ । हेलिकप्टरबाट नगरका साथै सम्भव भएसम्म जिल्लाका तिलौराकोट, जगदिशपुर ताल लगायतलाई पनि आकाशबाट अवलोकन गर्ने गरी तयारी गरिएको खाँणले जानकारी दिनुभयो । हेलिकप्टर चढनका लागि टिकटको मुल्य ५ हजार २ सय कायम गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
  • आज मंगलबारको राशिफल
  • बुटवलमा मंगलवार बिहानै एक संक्रमितको मृत्यु
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २८औं पटक निशुल्क दुग्धजन्य पदार्थहरू…
  • कांग्रेस नेता हरिबोल भण्डारी द्धारा राहत वितरण