देशभर चिसो बढ्यो, हिमपात र वर्षाको सम्भावना

२७ मंसिर २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ –  पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज  शुक्रबार  पनि देशभर बदली भई विभिन्न स्थानमा भारी हिमपात तथा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिनअनुसार आज देशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ । यसैगरी पश्चिमी उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात हुने सम्भावना छ भने मध्य र पूर्वका उच्च पहाडी तथा हिमाली भूभाग मध्यमसम्म हिमपात हुने सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा भारी हिमपात साथै मध्य तथा पूर्वी उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले विशेषगरी पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।शुक्रबार बिहानैदेखि मौसम बदली भएकाले वर्षा तथा हिमपातको सम्भावना जुनसुकै बेला हुने सम्भावना छ । साथै मौसम बदली भएपछि अधिकतम तापक्रम बढ्न नपाउने भएकाले देशभर चिसोसमेत बढ्नेछ । आज काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग
  • बिजया दशमीको पुर्व सन्ध्यामा हरैया बजार क्षेत्रको सरसफाई
  • नगर भरी ३४ वटा घरको शिलान्यास, दुई महिना भित्रै निर्माणको…