सामाजिक क्रियाकलापमा घुम्टे युवा परिवार सक्रिय बन्दै

२७ मंसिर २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


कौरव खत्री / बागलुङ  –  घुम्टे युवा परिवार जिल्लाकै पुरानो सामाजिक संस्था हो । वि.सं २०४१ सालमा स्थापना भएको यस संस्थाले सामाजिक क्षेत्रमा थुप्रै उदाहरणीय कामहरु गर्दै आईरहेको छ ।सामाजिक विकृति विसङ्गति न्यूनिकरणसँगै खेलकुद, कला र संस्कृति संरक्षण सम्वर्दनमा परिवारले महत्वपुर्ण भुमिका खेल्दै आएको छ । युवा जागरण, तालिम, गोष्ठी, अन्तरक्रिया तथा अन्य सामाजिक जागरणका कामहरुमा संस्था सक्रितापुर्वक अगाडी बढिरहेको छ ।संस्थाले रोजगारीको शिलशिलामा जापानमा रहेका संस्थाका आजीवन सदस्यहरु, शुभेच्छुक तथा सहयोगीहरु सँगको सहकार्यमा डेढ वर्ष पहिले जापान शाखा समेत स्थापना गरेको छ ।

अहिले घुम्टे युवा परिवारले गाउँ ठाउँको विकास र सामाजिक क्रियाकलापमा आर्थिक भौतिक तथा नैतिक सहयोग गर्दै आईरहेको छ ।शाखा स्थापना हुनुपूर्व जापान सहित अन्य देशमा रहेका युवाहरुको उत्तिकै सहयोग आउने गर्दथ्यो । बिहिबार घुम्टे युवा परिवारले जापान शाखाका पदाधिकारीहरुलाई केन्द्रिय कार्यालयमा स्वागत तथा सम्मान गरेको छ ।कार्यक्रममा घुम्टे युवा परिवार जापान शाखाका उपाध्यक्ष कुलबिर थापा, शाखा सचिव दिनेश थापा, शाखा कोषाध्यक्ष संग्राम साहानी र घुम्टे युवा परिवारका सल्लाहकार संयोजक एवं गलकोट नगरपालिका ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले मन्तव्य राखेका थिए ।कार्यक्रममा बोल्ने वक्ताहरुले घुम्टे युवा परिवार स्थापनाकाल देखि नै सामाजिक कार्यमा सक्रिय रहँदै गलकोट क्षेत्रकै अग्रणी सामाजिक

संस्थाको रुपमा परिचित रहनु प्रशंसनीय विषय भन्दै प्रशंसा गरे ।आगामी दिनमा केन्द्रीय कार्यालय र जापान शाखा बिचको सहकार्यमा थप सामाजिक कार्यमा सक्रिय रहने प्रतिवद्वता जनाए । संस्थाले आफनो कार्यालय आसपासमा सिसिटीभी क्यामेरा जडान देखि अहिले सभाहल निर्माणको लागि जग्गा समेत व्यवस्थापन गरेको छ । जापान शाखाको सहकार्यमा संस्थाले कहिले बेसाहारा, विपन्न परिवारलाई खाद्यान्न सँगै आर्थिक सहयोग गरेको छ भनें वडा भित्रका धार्मिक स्थलहरुमा सोलार बत्ती जडान गरेर झलमल्ल पारेको छ । समृद्व समाज निर्माणमा संस्थाले सबै क्षेत्र सँग हातेमालो गरि अगाडी बढिरहदा शाखाको पनि महत्वपूर्ण सहयोग हुँदै आएको छ ।

केन्द्रीय कार्यालयमा आयोजित स्वागत तथा अन्तरक्रियामा जापानबाट विदामा नेपाल आएका घुम्टे युवा परिवार जापान शाखाका उपाध्यक्ष कुलबिर थापा, सचिव दिनेश थापा, कोषाध्यक्ष संग्राम साहानी, आजीवन सदस्य तथा शुभेच्छुक नेत्र चोखाल, कमल थापा, दिपिन खत्री मिन थापा, प्रकाश थापा लगायतलाई दोसल्ला तथा फुलमाला अविरद्वारा स्वागत तथा सम्मान गरिएको थियो ।सोही अवसरमा भावी दिनमा संस्थालाई कसरी अगाडी बढाउने, सामाजिक क्रियाकलापमा संस्थाको भुमिका तथा समृद्व समाज निर्माण कसरी गर्ने लगायतका विषयमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मका कार्य समिति पदाधिकारीहरु, सल्लाहकार सदस्यहरु, घुम्टे युवा परिवार जापान शाखाका प्रतिनिधीहरु, शुभेच्छुकहरु लगायतको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण