FAKE FRIEND चलचित्रको Trailer यस्तो बन्यो ,नेपालभर एकसाथ प्रदर्शन हुँदै

२७ मंसिर २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


इमरान खान / काठमाडौ –  निर्देशक एवं निर्माता भिम लामाको आफ्नै फिल्म कम्पनी बुद्ध ईन्टरनेशनल फिल्मस प्रा।लि। ले नयाँ नेपाली र मैथिली दुबै भाषामा निर्माण गरेको फिल्म फेक फ्रेन्ड (FAKE FRIEND)उनको छैठौं फिल्म हो । नेपालमा पहिलो पटक संघिंयता नआउँदा नै संघियता चाहिन्छ भन्ने विषयमा माटो चलचित्र बनाइसकेका थिए । त्यसबेला संघियता बिरोधीहरुले माटो चलचित्र धेरै ठाँउमा चल्दा चल्दै सिनेमा हलहरूलाई धम्की दिदै चलाउन बन्देज गर्दा नोक्सानी बेहोर्नु परेको थियो । माटो फिल्मको कथा राम्रो लागेर महानायक राजेश हमाल त्यसबेला दिल खोलेर अभिनय खेलेका थिए । कहिले प्रेम र धोका कहिले रोमान्टिक, कहिले सामाजिक बिद्रोह त कहिले एक्सन र हास्य । विभिन्न बिषयमा फिल्म बनाई सकेर सस्पेन्स, रोमान्टिक, प्रेम र धोका अनि अहिले चलिरहेको फेक फ्रेन्ड साथीहरूको वास्तविक कथा हो । सबै नयाँ कलाकार भएपनी राम्रो काम गरेका छन ।डिपलब कुलुङको शब्दलाई दिप्सन आङ्बो लिम्बुको सङीतमा दिपा लामा र दिप्सन आङ्बो लिम्बूले स्वर दिएका छन भने अशोक चेम्जोङ,राज भर्जिन सिटौला र झोटन मेहताको शब्दलाई उहाँकै सङीतमा राजेश पायल राई ,

अमृता लिम्बू , रमिला याग्मी मगर, दिवस पोख्रेल, पवित्रा गुरुङ र सरोज मुखियाले स्वर दिनुभएको छ । सानिया खान, दिनेश कोइराला ,नरेन्द्र स्याग्दान, राजकुमार डिसि ,बबिता योङ्हाङ, भबिसा क्षेत्री, अनिता गिरि,सन्तोष लामा,सन्तोष साबरिया, प्रदिप शर्मा, भिम ढुङ्गेल, सड्ढल्प लामिछाने ,सुप्रीमा सुनुवार, सुरेस राना ,राज भर्जिन सिटौला, मनिता ब्लेक तामाङ, राजेन्द्र श्रेष्ठ , दुर्गा सापकोटा , मुस्कान काप्री, सुरज कार्की लगायत धेरै कलाकारहरुले उक्त फेक फ्रेन्ड (FAKE FRIEND) चलचित्रमा अभिनय गरेका छन । भने क्यामरामा प्रकाश सुब्बा, फाइटमा नवीन तामाङ, नृत्यमा दिनेश कोइराला , मेकपमा सुप्रीमा सुनुवार, सम्पादनमा हेमन योन्जन , डबिङ रेकर्डमा सुमन योन्जनको महत्वपूर्ण भूमिका रहेको छ । यस चलचित्रमा १ नम्बर प्रदेश र ३ नम्बर प्रदेशका विभिन्न सुन्दर ठाँउहरुलाई समेटिएको पाईन्छ । यो फिल्म देश बिदेशमा विशेष शो हरु गरेर मात्र एकसाथ नेपालभर रिलिज गरिने जानकारी निर्माता भिम लामा, मुस्कान काप्री, धनु सुब्बा , बिशाल तामाङ, क्रिस तामाङ, सन्तोष लामा, सुरेस राना, राजकुमार सिटौला र सड्ढल्प लामिछाने ले दिनुभयो ।
फेक फ्रेन्ड चलचित्रको Trailer  हेर्नुहोस

फेसबुकबाट तपाईको प्रतिक्रिया