वेलायतमा जोन्सनलाई भारी बहुमत

२७ मंसिर २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी –  बेलायतको आम चुनावमा सत्ताधारी कन्जरभेटिभ पार्टीले ठूलो जित हासिल गरेको छ ।६ सय ५० सिटमध्ये ६ सय ४९ सिटको अन्तिम नतिजा आउँदा कन्जरभेटिभ पार्टीले ३ सय ६४ सिट जितेको छ । यो उसको अघिल्लो चुनावभन्दा ४७ सिट बढी हो । विपक्षी लेबर पार्टीले भने २ सय ३ सिट जितेको छ । यो उसको अघिल्लो चुनावको तुलनामा ५९ सिट कम हो । लेबर पार्टीले आफ्ना परम्परागत सिट गुमाएको छ ।नतिजा आफ्नो पक्षमा आएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आफूलाई नयाँ जनादेश मिलेको भन्दै युरोपेली संघबाट अलग हुने ब्रेक्जिट डिल लागू गराउन र बेलायतलाई एकजुट बनाउन सक्ने बताएका छन् । लेबर पार्टीका नेता जेरेमी कोर्बिनले नतिजाप्रति असन्तुष्टि जनआउँदै भनेका छन्,

यो लेबर पार्टीका लागि एक निराशाजनक रात हो । पाँच वर्षमा तेस्रो चुनाव – पछिल्लो पाँच वर्ष भन्दा कम समयमा बेलायतमा भएको यो तेस्रो चुनाव हो । यसअघि सन् २०१५ र २०१७ मा चुनाव भएको थियो । बेलायतको इतिहासमा पछिल्लो करिब १ सय वर्षमा डिसेम्बरमा चुनाव भएको यो पहिलो पटक हो । यो चुनावमा स्कटिस नेशनल पार्टी एसएनपीले अघिल्लो पटकभन्दा १३ सिट बढी अर्थात ४८ सिट जितेको छ ।युरोपेली संघले बेलायतबाट अलग हुने समयसीमा आगामी जनवरी ३१ सम्म थप गरिदिएको छ । २०१६ मा बेलायतमा भएको जनमतसंग्रहमा ५२ प्रतिशत नागरिकले ब्रेक्जिटको समर्थन गरेका थिए र ४८ प्रतिशत मानिसले यसको विरोध गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया