बुटवल बहुमुखी क्याम्पसमा रक्तदान सम्पन्न

२७ मंसिर २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


बुटवल/ बुटवलबहुमुखी क्याम्पसको ४७ औँ स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार रक्तदान कार्यक्रमम सम्पन्न भएको छ । रक्त सञ्चार इकाई भैरहवाका प्रोग्राम कोर्डीनेटर हरि प्रसाद सापकोटा नेतृत्वको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक तथा सहायक क्याम्पस प्रमुख वियज सापकोटाले जानकारी दिए ।

क्याम्पसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंसिर २९ गते म्याराथुन र कबिता, ३० गते छात्रा भलिबल र हाजिरी जवाफ, पुस १ गते वक्तृत्वकला, निबन्ध लेखन, २ गते कुर्ची दौड (छात्रा) र शिक्षक, कर्मचारी र विद्याथीबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता रहेको विद्यार्थी कल्याण प्रमुख बाबुराम शर्माले बताए । क्याम्पसको सप्ताहव्यापी कार्यक्रम मंसिर २५ गतेबाट सुरु भएको छ भने पुष ४ गते समापन तथा पुरस्कार वितरण कार्यक्रम रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया