सिता माविमा विद्यार्थीहरुको स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न

२७ मंसिर २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
64 Shares


झविन्द्र देवकोटा / बुटवल –  देवदह नगरपालिका चरङ्गेमा रहेको सिता माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि शुक्रबार निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । लायन्स क्लव अफ बुटवल मणि उजेशले स्कुले बालबालिकाहरुको स्वास्थ्यमा सुधार तथा सचेत पार्नका लागि निःशुल्क स्वास्थ्य परिक्षण गरेको हो । शिविरमा सिता माविका ७ सय ५० विद्यार्थीहरुको सामान्य स्वास्थ्य परिक्षण गरिएको क्लवका अध्यक्ष नेहा अग्रवालले जानकारी दिनुभयो । देवदह मेडिकल कलेजका छैठाै‌ सेमेस्टरका विद्यार्थीहरुको सहयोगमा गरिएको शिविरमा १ देखि ७ कक्षासम्मका विद्यार्थीहरुलाई स्वास्थ्य परिक्षणसँगै स्वच्छ खानपान, खानाखानु पहिले साबुन पानीले राम्रोसँग हात धुने बानी लगायतका विषयमा सचेत पारिएको थियो ।

यस्तै कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई महिनावारी समस्या, सरसफाई तथा कुलत, दुब्र्यसनी र लागुऔषधबारे सचेतना बाढिएको अध्यक्ष अग्रवालले जानकारी दिनुभयो । क्लवका सदस्य पुष्पा कंडेल खरेलको संयोजकत्वमा भएको कार्यक्रममा सिता माध्यमिक विद्यालयका प्रधानाध्यापक महेशकुमार थैव, मणि उजेशका प्रथम उपाध्यक्ष सोनाली गुरुङ्ग, सचिव प्रविना घिमिरे, डाक्टर शान्ता शर्मा, विनिता श्रेष्ठ जोशि लगायतले विद्यार्थीको स्वास्थ्य प्रतिकुल हुन नदिन नियमित परिक्षणको भुमिका विद्यालय र समाजिक संघसंस्थाले गर्नु पर्ने बताउनुभयो । यस्तै बुटवल–११ मा रहेको प्रौढ समाजको सहकार्यमा शनिबार निःशुल्क मधुमेह र आखाँको परिक्षण गरिने क्लवका पुर्व अध्यक्ष सृष्टि गुरुङ्गले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया