सिरहाको कमला नदिमा हत्या गरी फरार प्रतिबादी पक्राउ

प्रकाशित मिति:

महेश सिंह / सिरहा-  सिरहा र धनुषा जिल्लाको बिचमा पर्ने कमला खोलामा एक जना को हत्या गरेर फरार रहेको प्रतिबादी लाई पक्राउ परेको छ । कार्तिक २० गते साझ करीब ६ बजेको समयमा वर्ष ४० को राज कुमार यादवको हत्या गरी फरार अभियुक्तलाई एक महिना पछि प्रहरीको पक्राउ परेका छन ।

सिरहा नगरपालिका १२ सारस्वर गम्हरीया स्थित कमला खोलाको बाँधमा यादवलाई ल्याई खुकुरी प्रहरी गरि घाँटी रेति हत्या गरेर फरार भएका प्रतिवादीलाई २०७६ कार्तिक म२६ गते जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएका प्रहरी टोलि ले खोज तलास गर्ने क्रममा नन्दु भने राम प्रसाद महरालाई पक्राउ गरेका छन । पक्राउ परेको महरालाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसंधान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख तथा एसपी उमा प्रसाद चर्तुवेदीले जानकारी दिनुभयो।