विश्‍वास आस्था र पवित्रताकी देवी- पाथीभरा मन्दिर

२८ मंसिर २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल हो ।उक्त मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । मन्दिर १२ हजार फिट उचाइमा रहेको छ ।विश्‍वास आस्था र पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९।४किलोमिट पूर्वतर्फ ३७९४ मिटरको उचाईमा अवस्थित रहेको छ । फुङ्लिङ बजारबाट एक दिन पैदल हिँडेर पुगिन्छ ।मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ ।

अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको टुप्पोमा देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम पाथीभरा देवी भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ।ताप्लेजुङ्गका लिम्बू समुदायहरू पाथीभरालाई मुक्‍तुवुङ भनेर चिन्दछन् । लिम्बूभाषामा मुक्‍तुको अर्थ शक्ति वा बल, वुङको अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन् ।मन्दिरमा दर्शनका लागि टाढा टाढादेखि भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । यहाँ दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । पाथीभरा माताले स्वच्छ र श्रद्धाका साथ जे माग्यो त्यो पूरा हुने धार्मिक मान्यता रहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया