गएराति भएको बम विष्फोटमा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु

२८ मंसिर २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


धनुषा – धनुषामा गएराति बम विष्फोट हुँदा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु भएको छ ।धनुषाको छिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा घाइते भएका प्रहरी निरीक्षक  इन्सपेक्टर अमिर कुमार दाहाल उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो । कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको मृत्यु अस्पतालमा उपचारका क्रममा भएको हो ।बम विष्फोटबाट अन्दाजी ४५ वर्षीय राजेश साह र उनका २५ वर्षीय छोरा आनन्दको मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनामा राजेश साहकी १९ वर्षीया छोरी अञ्जली,

१५ वर्षको छोरा प्रकाश र प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका छन् । उनीहरुलाई जनकपुर प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ ।तीनै जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। शंकास्पदवस्तु भएको जानकारी प्राप्त भएसँगै सो स्थानमा प्रहरी पुग्दा बम विष्फोट भएको थियो ।विष्फोटका कारण प्रहरी जवान महतोको बायाँ कोखमा छर्रा लागेको छ । बम विष्फोट कसले गरायो भन्ने खुलेको छैन । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध
  • जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग