मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

२८ मंसिर २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


काभ्रे – काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं ६ चौकीडाँडास्थित बिपी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एक जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।शुक्रबार दिउँसो बा९२प ५१९२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा मोटरसाइकल चालक सिन्धुली जिल्ला

सुनकोशी गाउँपालिका वडा नं ३ का २९ वर्षीय प्रकाश दाहालको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।सो दुर्घटनामा परी घाइते भएका सोही ठाउँका ३१ वर्षीय नवराज दाहालको टाउको र खुट्टामा चोट रहेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको धुलिखेल अस्पतालमै उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया