विवाहमा एकअर्कालाई लगाए लसुन-प्याजको माला, उपहारमा पनि प्याज

२८ मंसिर २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी – भारतको वाराणसीमा भएको एक विवाह समारोहमा बेहुला – बेहुलीले एकअर्कालाई लसुन-प्याजको माला लगाइदिएका छन् । यतिमात्र नभई विवाह समारोहमा उपस्थितहरुले पनि नवविवाहितलाई प्याज उपहार दिएका छन् ।

समाजवादी पार्टीका नेता कमल पटेलले प्याजको मूल्य अत्यधिक वृद्धि भएकोले विरोधस्वरुप यसो गरिएको बताए । उनले भने, अहिले प्याज मूल्य सुनको मूल्यजस्तै आकासिएको छ ।एकअर्का समाजवादी नेताले पनि प्रतिकात्मक विरोधस्वरुप बेहुला(बेहुलीले एकअर्कालाई लसुन-प्याजको माला लगाइ दिएको बताए ।अहिले भारतमा पनि प्याजको मूल्य अत्यधिक बढेको छ । यसको देशभर चौतर्फी विरोध भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया