विपि विचार समाज रुपन्देहीको पहिलो अधिवेशन सम्पन

प्रकाशित मिति:

बुटवल ।
नेपाली काँंग्रेसका महामन्त्री डा। सशांक कोइरालाले कार्यकर्ताको भावना बुभने र माया गर्ने व्यक्तिले मात्र नेपाली काँग्रेसको नेतृत्व हाक्न सक्ने बताउनु भएको छ ।
विपि विचार समाज रुपन्देहीको पहिलो अधिवेशनको बुटवलमा उद्घाटन गर्दै महामन्त्री कोइरालाले कार्यकर्ताको भावना अनुसार अगाडी नबढने नेतृत्वले पार्टीको नीति र कार्यक्रकलाई अगाडी लैजान नसक्ने दावि गर्नु भयो ।

उहाँले विपी कार्यकर्तालाई माया गर्ने व्यक्ती भएको भन्दै विपीका विचारलाई उजागर गरेर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले जसले कार्यकर्तालाई माया गर्छ उ नै महान नेता हुन सक्छ भन्नुभयो ।

कार्यक्रममा सहभागी केही बक्ताले पार्टीको आगामी नेतृत्व लिन कोइरालालाई आग्रह गरेका थिए । जवाफमा कोइरालाले उम्मेद्वारी घोषणा गर्ने बेला अहिले नभइसकेको बताउनु भयोे ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले पार्टीको नीति र कार्यक्रमलाई आधार बनाएर अघि बढ्न आग्रह गर्नुभयो ।
उहाँले नेपाली कांग्रेसमा सुदृढीकरण र सुद्धिकरण आवश्यक भएको बताउनुभयो । उहाँले नेपाली काँग्रेसले बनाएको संमिबधानको घरमा  कम्युनिष्ठ बसेका छन भन्दै त्यसको समिक्षा गनु पर्ने बताउनु भयो ।

उहाँले देशमा कम्युनिष्टहरुको सर्वसत्ताबादी विचारका अगाडी वीपीको विचार विजयी भएको बताए । उनले कमल थापा, केपी ओली र प्रचण्ड पनि वीपीको विचारमा आएको जिकिर गर्नु भयो । उहाँले संविधानमा लेखिएको समाजबाद कम्युनिष्ठ चाहे जस्तो समाजबाद नभएको उल्लेख गर्दै न्यायको सिद्वान्तमा आधारित समाजबाद भएको बताउनु भयो ।

कम्युनिष्ट व्यवस्थामा नीजि सम्पति राख्न नपाईने र अहिलेका सबै कम्युनिष्ठ नेता तथा कार्यकर्ताहरुले कम्युनिष्ठ नीति विपरित सम्पति थुपारेको आरोप लगाउनुभयो ।
कांग्रेस नेता तथा केन्द्रिय संसदका लेखा समितिका सभापति भरत शाहले विपी विचारलाई आत्मसाथ गरेर अघि बढे मात्र कांग्रेस सद्धिने बताउनुभयो ।
पूर्व मन्त्री एवम सासद सञ्जय गौतमले अरुलाई गाली गर्नु भन्दा पनि कांग्रेस आफूमा सुधे्रर अघि बढ्न आवश्यक रहेको बताउनभयो ।
विपि विचार समाज रुपन्देहीका सभापति सरद भट्रराईको सभापतित्वमा भएको कायक्रममा राष्ट्रिय सभा सदस्य दुर्गा शर्मा, नेपाली कांगे्रसका रुपन्देही सभापति अब्दुल रज्जाक, क्षेत्रीय सभापति हरि लम्साल, सचिव रामकृष्ण खांण, प्रदेश सभा सांसद वलदेव शर्मा पोखरेल, रमा अर्याल,फकुरिदिन खाँन, सल्लाहाकार विष्णु पोखरेल , अरुण प्रकाश सिंह राठौर ,नगर सभापति खेलराज पाण्डे ,महिला नेतृ गंगा शाही,सारदा गौतम, विष्णु पोखरेल,प्रकाश राना, कृष्ण पोखरेल लगायतले बोल्दै वीपीले अगाडी सारेका राष्ट्रियता, समाजबाद र प्रजातनत्रलाई आत्मसाथ गर्नुको विकल्प नभएकोमा जोड दिएका थिए ।