यस्ता छन् पिपलको पातका आश्चर्यजनक फाइदा

२८ मंसिर २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


पिपलको महत्व वैज्ञानिक दृष्टिकोणले पनि कम छैन । यो मात्रै यस्तो बनस्पती हो, जस्ले २४ घण्टा अक्सिजन दिन्छ । पिपलको पातलाई धेरै प्रकारका औषधि बनाउन प्रयोग गरिन्छ । यस्तै रोग निर्मूलन गर्ने क्षमता भएको एउटा वोट हो पीपल । पिपलको जरा, बोक्रा र पातको अनगिन्ती फाइदाहरु छन् ।“पिपलको पात” को बिशषता यस्ता छन् ।पिपलको पात रुघा–खोकीको अचूक औषधि हो । मौसममा आउने परिवर्तनका कारण हुने सर्दी, खोकी तथा रुघाबाट राहात पाउन पिपलको पातको प्रयोग गर्नुहोस् । पिपलका ५ ओटा पात सफा पानीले पखालेर दुधसँग उमाल्नुहोस् । यसमा चिनी हालेर बिहान र साँझ पिउने गर्नुहोस् । दुई दिनमै तपाईको रुघा–खोकी ठीक हुने छ ।दमका रोगीको लागि बूटीसरह लगातार खोकी रहने दमको रोगीका लागि पिपलको रुख एक औषधिको रुपमा काम गर्छ ।

यसका लागि पिपलको पातसँगै जोडिएको कमलो डाँठको बोक्रा निकालेर भित्रको भाग घाममा सुकाउनुहोस् । त्यसको चूर्ण बनाएर दम रोगबाट ग्रसित बिरामीलाई मनतातो पानीसँग पिउन दिनुहोस् । तीन महिनासम्म नियमित रुपमा यस्तो चूर्ण सेवन गरे दम रोग पूर्ण रुपमा निको हुन्छ ।निमोनियाबाट ग्रसित व्यक्तिले पिपलको पातको जुस बनाएर पिउँदा धेरै राहत पाउँछन् ।दाँतका बलियो र सफा तथा सेता दाँतका पनि पिपलको प्रयोग गर्न सकिन्छ । पिपलको पातसँगै जोडिएको कमलो डाँठलाई दाँतुनको रुपमा प्रयोग गर्नुहोस् । यस्तै १० ग्राम पिपलको बोक्रा र २ ग्राम कालो मरिचलाई राम्रोसँग पिसेर बनाएको मन्जनले दाँत माँझ्दा दाँत तथा मुखसम्बन्धी धेरै समस्याबाट छुटकारा पाइन्छ ।पिपलको पातले मुटुसम्बन्धी रोगबाट बचाउँछ । यसका लागि पीपलको १५ वटा हरियो तथा हेर्दा राम्रो पात लिनुहोस्,

कोपिला पात चाई प्रयोग नगर्नुहोस । प्रत्येक पातको माथिको र तलको केहि भाग कट्नुहोस । पातको बिचको भाग मज्जाले सफा पानीमा पखाल्नुहोस । एक गलास पानी एउटा भाडोमा राखेर पखालिएको पातलाई त्यसमा हाल्नुहोस र कम तापक्रम आगोमा पाक्न दिनुहोस ।जब पानी उम्लिएर एक तिहाई हुन्छ, भाडोलाई आगो माथिबाट निकालेर पानी सेलाउन दिनुहोस र सफा कपडामा छानेर चिसो ठाउमा राख्नुहोस । त्यति गरेपछि तपाईको औषधी तयार हुन्छ ।तयार भएको उक्त औषधीलाई तीन खुराक बनाएर प्रत्येक तीन – तीन घण्टामा सेवन गर्नुहोस । हृदयघात  हार्ट अटैकको केहि समय पश्चात लगातार पन्ध्र दिन सम्म यसलाई दैनिक सेवन गरेमा हृदय पुनः स्वस्थ बन्छ र हृदयघातको सम्भावना एकदम न्यून हुन्छ । यदि तपाई मध्ये कोहि हृदयघात हार्ट अटैकको बिरामी हुनुहुन्छ भने यो उपचार पद्धती

फेसबुकबाट तपाईको प्रतिक्रिया