जयन्ती थपाद्धारा विपन्न परिवारलाई कम्बल र खाद्यन्न वितरण

२८ मंसिर २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


सुर्खेत – अमेरिका बस्दै आएकी सुर्खेतकी जयन्ती थापाले वीरेन्द्रनगर–११मा आर्थिक अवस्था कमजोर भएका विपन्न विद्यार्थीका अभिभावकलाई खाद्यन्न र कम्बल वितरण गरेकी छन् । उनले ५ बालिकाहरुको पढाई खर्च र लुगाकपडाको समेत जिम्मा लिएकी थापाले उनीहरुका परिवारलाई शनिवार खाद्यन्न र कम्बल वितरण गरेकी हुन । थापाले अभिभावकत्व ग्रहण गरेका बालिकाका आमा बुवाहरु बोल्न नसक्ने र आर्थिक अवस्था दयनीय भएपछि उनले सहयोग गरेको उनका बुवा धर्मजंग थापाले बताए । जयन्तीका बुवा चर्मजंग र आमा पार्वती थापाको

उपस्थितीमा ६ वटा कम्बल, ४ बोरा चामल, १० किलो दाल र १ पेटी तेल वितरण गरिएको हो । जयन्तीले अनाथ, असाहय तथा गरीब विद्यार्थीलाई सहयोग गर्दै आएकी छन् । विभिन्न ठाउँमा सहयोगका कार्यक्रम गर्दै आएकी छन् । थापाले असाय विद्यार्थीका लागि जनजागृती प्राथमिक विद्यालयमा आमा र बुवाकोे नामबाट १ लाखको धर्मपार्वती अक्षय कोष स्थापना समेत गरेकी छन् । बेसाहारा र आर्थिक अवस्था कमजोर भई विद्यालयमा आउन नसकेका कमला शर्मा, पार्वती शर्मा, मनिषा शर्मा, डिला शर्मा र अमृता शर्मा जस्ता कैयौं बालबालिकाको अभिभावकत्व ग्रहण गरेकी छन् । उनले आफुलाई सहयोग र माया गर्ने छिमेकी अण्टीलाई समेत सम्मान गरेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा