निजी विद्यालयलाई सौतेलो ब्यवहार नगर्न सरकारलाई सुझाव

२८ मंसिर २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


झविन्द्र देवकोटा / बुटवल –  संस्थागत विद्यालयहरुका संचालकहरुले आफुहरुलाई सौतेलो ब्यवहार नगर्न सरकारलाई सुझाव दिएका छन् । सामुदायिक र संस्थागत विद्यालयबीच विभेदकारी नीति अवलम्वन गरेर सरकारले संस्थागत विद्यालयलाई पन्छ्याउने कार्य गरेको भन्दै उनीहरुले सरकार प्रति आक्रोस पोखेका छन् । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल एन प्याब्सन रुपन्देहीको शनिबार बुटवलमा भएको पाँचौ अधिवेशन कार्यक्रममा सहभागि भएका विद्यालय संचालकहरुले निजामति सेवा प्रवेशका अवसरमा संस्थागत विद्यालयका विद्यार्थीलाई कुनैनकुनै बहानामा निरुत्साहीत गर्ने गरेको आरोप लगाएका थिए । सरकारको विभेद्कारी नीतिले संस्थागत विद्यालयहरुले राज्यका लागि गरेको लगानी बालुवामा पानी हाले सरह भएको भन्दै चिन्ता ब्यक्त गरे । नयाँ शिक्षा नीतिमा छात्रवृति र सामाजिक सुरक्षा कोषका लागि ल्याइएको प्रावधानको स्वागत गर्दै उनीहरुले सुरक्षा कोषका कुरालाई अझै फराकिलो पार्नु पर्ने बताए ।

कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपालका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले आफुले रोजेको विद्यालयमा बालबालिकाकाले पढ्न पाउनु पर्छ भन्ने मौलिक अधिकार राज्यले खोस्न नपाउने बताउनुभयो । उहाँले सामुदायिक र संस्थागत विद्यालय प्रति गरिने ब्यवहार समान हुनु पर्ने उल्लेख गर्दै संस्थागत विद्यालयको योगदानलाई राज्यले सम्मान र कदर गर्नु पर्ने भनाई राख्नुभयो । कार्यक्रममा अभिभावक महासंघ नेपालका अध्यक्ष धर्मदक्त सापकोटाले शिक्षामा सरकारले गरेको लगानी उपलब्धीमुलक नभएको जिकिर गर्दै ब्यवहारिक शिक्षालाई राज्यले जोड दिनुपर्ने बताउनुभयो । । एन प्याब्सन रुपन्देहीका अध्यक्ष देउप्रकाश राईको अध्यक्षतामा भएको कार्यक्रममा एन प्याब्सनका पुर्व केन्द्रीय अध्यक्ष कर्णबहादुर शाहि, उपाध्यक्ष पाण्डव हमाल, महासचिव सुभाष न्यौपाने, प्रदेश संयोजक सुबोध डांगी, रुपन्देहीका पुर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, केन्द्रीय सदस्य कृष्ण पौडेल, अभिभावक महासंघका केन्द्रीय सदस्य

लोकनाथ ज्ञवाली, पुर्णचन्द्र पाण्डे, जिल्ला उपाध्यक्ष तिवल केसि लगायतले सरकारले निजी तथा सामुदायिक विद्यालयहरुलाई समान ब्यवहार गर्नु पर्ने सुझाव दिनु भएको थियो । सो कार्यक्रममा राष्ट्रिय सामाजिक ब्यक्तित्व सम्मानबाट अभिभावक महासंघ नेपालका अध्यक्ष धर्मदक्त सापकोटालाई सम्मान गरिएको थियो । यस्तै रुपन्देहीका उत्कृट नतिजा ल्याएका दश विद्यालय र संस्थागत विद्यालयबाट उर्तिणभई निजामति सेवामा अधिकृत र सो भन्दामाथी सेवारत १ सय ५० बढी पुर्व विद्यार्थीहरुलाई सम्मान गरिएको एन प्याब्सनका सचिव जेवि क्षेत्रीले जानकारी दिनुभयो । यसैबीच सोही कार्यक्रममा शैक्षिक क्षेत्रमा कलम चलाएको भन्दै बुटवलका पाँच जना पत्रकारलाई सम्मान गरिएको छ । कार्यक्रममा तिलोत्तमा दैनिकका बरिष्ठ संवाददाता झविन्द्र देवकोटा, नेपाल टेलिभिजनका संवाददाता हरिष ढकाल, अनलाईखवरका संवाददाता टिआर शर्मा, कान्तिपुर पत्रिकाका अमृता अनमोल र मेचिकाली दैनिकका प्रकाश आचार्यलाई नगद सहित पुरस्कृत गरिएको एन प्याब्सनका सदस्य बाबुराम वन्जाडेले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया