पूर्व प्रधानमन्त्रीद्वारा नयाँ पार्टी स्थापना

२८ मंसिर २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
4 Shares


एजेन्सी – टर्कीका पूर्व प्रधानमन्त्री अहमद दाभुटोग्लुले नयाँ पार्टी स्थापना गर्नु भएको छ । हाल सत्तारुढ दल ‘जस्टीस एण्ड डेभ्लभमेन्ट (एकेपी) का अध्यक्ष समेत रहनु भएका डोभुटोग्लुलाई गत सेप्टेम्बरमा अनुशासन सम्बन्धि कारबाही भएपछि उहाँले सो पार्टी परित्याग गर्नुभएको थियो ।

त्यसपछि हालै मात्र नयाँ पार्टी खोलिएको उहाँले घोषणा गर्नु भएको हो । सो नयाँ पार्टीको नाम ‘फ्युचार’ रहेको डाभुटोग्लुल शुक्रबार घोषणा गर्नुभएको हो । “यो फ्युचर पार्टी देशकै फ्युचर हो, टर्कीकै भविष्य हो,” पार्टी घोषणा समारोहमा उहाँले भन्नुभयो ।

विरोध, आलोचना, डर र दबावकाबीच नयाँ पार्टी घोषणा भएको पनि उहाँले बताउनु भएको छ । देशलाई सुन्दरलाई बनाउनको लागि एकजुट भएर काम गर्ने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नु भएको छ । पूर्व विदेशमन्त्री समेत रहनु भएका डाभुटोग्लुले सन् २०१४ देखि २०१६ सम्म प्रधानमन्त्री बन्नु भएको थियो । उहाँ टर्कीको राष्ट्रपति रेसेप तायिप एर्डोगानको अतिनिकटको सल्लाहकार पनि हुनुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • जर्मनीका प्रान्तीय अर्थमन्त्रीले गरे आत्महत्या
  • सियारीमा विपद् व्यवस्थापन तथा राहत कोष स्थापना, डिस्इन्फेक्सन बनाउन सुरु
  •  सरकारले लकडाउन थप एक हप्ता बढाउने
  • “युवाद्धय मेघराज र बिक्रम : जो जोखीमका बिच कृषीमा भबिष्य…
  • छोराको जन्म दिनमा वालिङ रामबाच्छाका युवा व्यवसायी ठकुरीले गरे अत्यावश्यक…
  • ‘येशुलाई विश्वास गर्नेलाई कोरोना लाग्दैन’ भन्ने एक जना पक्राउ
  • गुर्जोको रस पिउँदा कोरोना संक्रमण ठीक हुने रामदेववावाको दावि
  • बैंकको कर्जा किस्ता तथा ब्याज २०७७ अषाढ सम्म तिरे पनि…
  • चैतमा तिर्नुपर्ने कर्जा असारमा बुझाए हुने : राष्ट्र बैंक
  • कोरोनाविरुद्धको लडाइँमा बलिउडकर्मीको सहयोग