प्रौढ समाजमा निःशुल्क आँखा तथा मधुमेह परिक्षण कार्यक्रम सम्पन्न

२८ मंसिर २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


बुटवल  –  बुटवल उपमहानगरपालिका वडानम्बर नौका डेढ सयबढी स्थानीयको निःशुल्क आखाँ परिक्षण गरिएको छ । लायन्स क्लव अफ बुटवल, लायन्स क्लव अफ बुटवल मणि उजेश तथा प्रौढ समाज बुटवलको सहकार्यमा स्थानीय १ सय ५४ जनाको आखाँ परिक्षण गरिएको हो । प्रौढ समाजको भवनमा शनिबार गरिएको आखाँ परिक्षण शिविरमा केही विरामीमा जटिलता सम्वन्धी समस्या देखिएको र थप उपचारका लागि लायन्स आखाँ अस्पताल पठाइएको लायन्स क्लव अफ बुटवल मणि उजेशका अध्यक्ष नेहा अग्रवालले बताउनुभयो । सो शिविरमा साढे तीन सयबढी मधुमेहको रगत पनि परिक्षण गरिएको अग्रवालले बताउनुभयो । कार्यक्रमको उद्घाटन गर्दै लायन्स इन्टरनेशनल ३२५ बी टुका पुर्व डिष्ट्रिक गर्भनर महेन्द्र नारायण श्रेष्ठ, बुटवल वडानम्बर ९ का वडाध्यक्ष

विष्णुबहादुर थापा, लायन्सका डिष्ट्रिक कोचिफ एडभाईजर सुरेशरत्न बज्राचार्य, अर्जुनमान शैजु, डिष्ट्रिक एडभाईजर पुरुषोत्तम प्रधानाङ्ग, प्रौढ समाजका अध्यक्ष तिलकराम पौडेल, क्लवका पुर्व अध्यक्ष सृष्टि गुरुङ्ग, कार्यक्रम संयोजक कविता केसि लगायतले सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यमा निशुल्क स्वास्थ्य शिविरले नागरिकको स्वास्थ्य अधिकारमा पहुँचवृद्धि गर्ने भएकाले यसको निरन्तरताको कामना गर्नु भएको थियो । कार्यक्रमको संचालन क्लवका सचिव प्रविना घिमिरेले गर्नु भएको थियो । सो कार्यक्रममा लुम्बिनी आँखा अस्पतालका डाक्टर बिनिता भट्टराई पोखरेलले नेत्र रोगका बारेमा र डाक्टर कृष्ण अग्रवालले मधुमेहका बारेमा सचेतना सम्बन्धि प्रशिक्षण दिनु भाको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया