भोलि संस्थागत विद्यालय बन्द

प्रकाशित मिति:

जनकपुर – धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित महेन्द्रनगरमा गएराति भएको विष्फोटमा परि एक विद्यार्थीको समेत मृत्यु भएपछि आइतबार जिल्लाका सबै संस्थागत बिद्यालयहरु बन्द रहने भएका छन् ।

जनकपुरस्थित सिद्धार्थ शिशु सदन स्कूलमा कक्षा १० मा अध्ययनरत आनन्द साहको घ’ट’नास्थलमै मृ त्यु भएको थियो ।घटना पश्चात् प्याब्सनका धनुषा अध्यक्ष चन्द्रनारायण मण्डलले एक विज्ञप्ति जारी गरी यस घटनाले स्तब्ध बनाएको भन्दै आइतबार निजी विद्यालयहरु बन्द रहने जनाएका हुन् । सो बिस्फोटमा परी प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश भनिने राजेश्वर साहको समेत मृ त्यु भएको थियो । आनन्द राजेश्वरका छोरा हुन् ।