विवाह भोजको खर्च धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने नव दम्पती

प्रकाशित मिति:

काठमाडौं – चितवनको भरतपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको लागि चितवन वासी नवविवाहित एक दम्पतीले विवाह भोजको खर्च धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गरेका छन् ।सहयोगी दम्पतीलाई धुर्मुस सुन्तली फाउन्डेसनले सामाजिक सञ्जाल मार्फत यसरी शुभकामना व्यक्त गरेका छन् ।

जनस्तरबाट निर्माण भईरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागी आफ्नो सुभ विवाहको भोज खर्च नगरी रंगशालाको लागि भनेर चितवन रामपुर बसोबास गर्नुहुने तिलक प्रसाद पौडेल र सुस्मिता पौडेल गैरे द्वारा रु १लाख ५५ हजार ५ सय ५५ रुपैंया सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गर्नुभएको छ ।

यस सहयोग र यस अभियानमा जोडिनुभएकोमा तिलक प्रसाद पौडेल र सुस्मिता पौडेल गैरेलाई हार्दिक धन्यवाद एवम् आभार ब्यक्त गर्न चाहन्छौ साथै दाम्पत्य जिवनमा बाधिनु भएकोमा तपाईंहरुलाइ बधाई साथै सुभकामना ।‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’