आदिकवि भानुभक्त आचार्यको स्मृतिमा बन्यो – ‘रामायण भवन’

२८ मंसिर २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
18 Shares

आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा निर्माण गरिएको रामायण भवन

अमरराज नहर्की /तनहुँ – आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका–४ शिखर कटेरीमा रामायण भवन निर्माण गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी निर्माण तिब्र पारी भवन निर्माण पूरा गरिएको भानु नगरपालिकाको उपप्रमुख आशा थापाले जानकारी दिनुभयो । भवन निर्माण पूरा भए पनि भवनको भित्तामा रामायणमा भएका श्लोकहरु, रामायणसँग सम्बन्धित तस्बिर कुद्ने काम बाँकी रहेको उहाँले जानकारी दिनुभयो । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको पर्यटन विभागको मातहतमा र भानु जन्मस्थल विकास समितिको सक्रियतामा भवन निर्माण पूरा भएको भानु नगरपालिकाले जनाएको छ । करीव तीन करोड रुपैयाँको लागतमा निर्माण कार्य अघि बढाईएको भानु जन्मस्थल विकास समितिका निवर्तमान कार्यकारी निर्देशक शङ्कर रानाभाटले गोरखापत्रलाई जानकारी दिनुभयो ।

रामायण भवन कलात्मक ढङ्गले निर्माण गरिएको छ । भवनको वार्ताली सालको काठको प्रयोग गरी बनाईएको छ भने बाहिरी भागमा ढुङ्गा कुँदिएको छ । रामायण भवनको निर्माणले भानु जन्मस्थललाई साहित्यिक तिर्थस्थलको रुपमा विकास गर्ने कार्यलाई मद्दत पुग्ने अपेक्षा लिईएको भानु नगरपालिकाका प्रमुख उदयराज गौली बताउनुहुन्छ । कलात्मक तरिकाबाट भवन निर्माण गरिएकाले पर्यटकको थप आर्कषण बढ्ने विश्वास नगरपालिकाले लिएको छ । दश रोपनी क्षेत्रफलभित्र रामायण भवन, भानुगृह, आवास गृह, चमेना गृह, पुस्ताकालय, शौचालय, पोखरीलगायत बनाउने गुरुयोजना रहेको नगरप्रमुख गौलीले जानकारी दिनुभयो । यस गुरुयोजनाको लागत १६ करोडको रहेको छ । नगरप्रमुख गौलीका अनुसार पर्यटकलाई थप आर्कषित गर्न आदिकविको सयफिट अग्लो शालिक निर्माणलगायतको दीर्घकालिन गुरुयोजना निर्माण गरिएको छ । चुँदी रम्घाबेसीदेखि शिखर कटेरीसम्म पुग्ने कच्ची मोटर मार्ग भएकाले आवातजावत गर्न असुविधा भएकोले त्यस क्षेत्रको स्तरउन्नति हुन आवश्यक रहेको वडाध्यक्ष पूर्णबहादुर लौडारीभाट बताउनुहुन्छ ।

‘ भानुभक्तको सम्मानको लागि पनि बाटो पक्की हुनुपर्ने हो’ वडाध्यक्ष भाटले भन्नुभयो–‘बाटो राम्रो नहुँदा हिउँद याममा समेत बस सञ्चालनमा ल्याउन सकिंदैन, वर्षायामको त कुरै छोडौं ।’ निमार्ण पूरा भएकाले भवन चाँडै नै उद्घाटन गरिने नगरपालिकाले जनाएको छ । नेपाली भाषा र साहित्यको उत्थान तथा विकासमा आदिकवि भानुभक्तको देन अविस्मरणीय छ । आजसम्म नेपालीले भगवान बुद्ध पछि सबैभन्दा धेरै चिनेको नाम भानुभक्त हो । नेपाली भाषा र साहित्यका प्रथम आदिकवि भानुभक्त वि.स.१९७१ साल असार २९ गते चुँदी रम्घामा जन्मनुभएको हो । भानुभक्तका रामायण, भक्तमाला, बधुशिक्षा र प्रश्नोत्तरी जस्ता काव्य कृतिले नेपाली जनजीवनमा नयाँ स्पन्दनको सञ्चार गरेको छ । सबै नेपालीलाई एक सुत्रमा बाँधेर नेपाल र नेपालीको परिचयमा भानुभक्तले गरेको प्रयास उल्लेखनीय मानिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बुटवलको तिनाउ हस्पिटलमा पाईप घुसाएर पत्थरी फोर्ने ‘रेट्रोग्रेट ईन्ट्रासेल सर्जरी’
  • लुुम्बिनी स्वतन्त्र सिलाई ब्यवसायीको संगठन विस्तार
  • ‘इनफ इज इअफ’अभियानमा सांसद शाहसहित १४ जनाले जनाए ऐक्यबद्धता
  • नेविसङ्घको सङ्गठन विस्तार खोजेका देउवालाई प्रतिप्रश्न: ‘अपूरो र बबुरो’ किन…
  • मास्क नलगाई घरबाहिर निस्किनेलाई कारवाही गरीने ।
  • कैलालीमा ओली र प्रचण्ड पक्षका कार्यकर्ताबीच झडप
  • मनकारी झविन्द्र :आफ्नो जन्मदिनमा अवसरमा विपन्न परिवारलाई सहयोग
  • आजबाट ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा
  • भैरहवा भन्सार कार्यालय रुपन्देहीमा लक्ष्य अनुसारको राजस्व संकलन हुन सकेन
  • आजको राशिफल हेर्नुहोस