साना किसान कृषि सहकारी सस्थां लिमिटेडको १७औ साधारण सभा सम्पन्न

२८ मंसिर २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
29 Shares


नवलपरासी – साना किसान कृषी सहकारि सस्ंथा लिमिटेड सरावल १ तिलकपुर पश्चिम नवलपरासी१७ औ साधारण शनिबार बसन्त मावीको प्रांगणमा सभा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष सोमराज चौधरीको अध्यक्षता तथा प्रदेश नम्बर ५ की प्रदेश सभा सदस्य भगवति भन्डारीको प्रमुख आतिथ्यता एवं जिल्ला सहकारि सघं नवलपरासीका जिल्ला अध्यक्ष उपेन्द्र मान प्रधानको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले प्रदेश सरकारको समृद्धीको लक्ष्य कृषी, पर्यटन बाट नै सम्भव भएको हुदा प्रदेश सरकारले कृषीलाई विशेष प्राथमिकतामा राख्दै कृषकलाई लक्षित गरि विविध कार्यक्रम सञ्चालन गर्दै प्रत्येक निर्वाचन क्षेत्रमा कृषी जोनको स्थापना गरिरहेको बताउनुभया । साथै उहाँले स्थानिय स्तरमा रहेका सहकारी तथा साना किसान कृषी सहकारीहरुले नाफामुकल नभई सेवामुलक र कृषीमा र अन्य आय आर्जनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । सो अवसरमा अध्यक्ष सोमराज चौधरीले सस्थाको प्रगति तथा भावी कार्य योजना प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने सस्थाका ब्यवस्थापक ११ करोड ४९ लाख ३६ हजार ३ सय ३८ रुपिया बराबरको आय ब्यय विवरण प्रस्तुत गर्दै सस्थाले ३० लाख ५१ हजार ३ सय २५ रुपिया नाफा गर्न

सफल भएको प्रतिबेदन मार्फत जानकारी गराउनुभएको थियो । कार्यक्रममा लेखा समयोजक प्रल्हाद पासीले सुझाव सहितको लेखा समयोजकको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा सरावल १ का वडाध्यक्ष भेष नारायण चौधरी, सहकारी बैंक बर्दघाट शाखा प्रमुख सविना पोखरेल लगाउतले मन्तब्य राख्नुभएको कार्यक्रममा अतिथिहरु परोपकार सहकारीका अध्यक्ष राधेश्याम चौधरी, लक्ष्मिनारायण बचत तथा ऋण सहकारी सस्थाका कोषाध्यक्ष मिनराज पन्त, सामुदायिक रेडियो दाउन्नेका अध्यक्ष नारायण पान्डे लगाएत स्थानिय समाजसेवी, बुद्धिजिवी, पत्रकार विभिन्न संघ सस्थाका प्रतिनिधि, सस्थाका सेयर सदस्य लगाएतको उपस्थिती रहेको थियो । २०४९ सालमा स्थापना भएको सस्थामा १ सय १२ महिला समुह, ७४ पुरुष समुह गरि १ सय ८६ समुह रहेका छन भने महिला सेयर सदस्य ६ सय २१ र पुरुष सेयर सदस्य ४ सय ७४ गरि कुल १ हजार ९५ सेयर सदस्य रहेको सस्थाको साविक तिलकपुर गाविस हाल सरावल गाउपालिका वडा नम्बर १ र २ रहेको छ । सस्थाकी उपाध्यक्ष हेम कुमारी चौधरीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन ब्यवस्थापक किशोर कुमार फौजदारले गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया