श्रीमद् भागवत पितृमोक्ष धनधन्याञ्चल सप्ताह ज्ञान महायज्ञ तेस्रो दिन पनि जारी

२८ मंसिर २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
682 Shares


नवलपरासी – जनता आधारभुत विद्यालय सुनवल १२ हरकट्टा पश्चिम नवलपरासीको आयोजनामा सुरु भएको श्रीमद् भागवत पितृमोक्ष धनधन्याञ्चल सप्ताह विराट ज्ञान महायज्ञ २०७६ शनिबार तेस्रो दिन पनि जारी रहेको छ । शनिबार तेस्रो दिनको विशिष्ट अतिथिको रुपमा स्थानिय समाजसेवी हरि नारायण श्रेष्ठ रहनुभएको थियो । महायज्ञमा शनिबार उल्लेख्य भक्तजनहरुको उपस्थिती रहेको थियो भने उक्त महायज्ञमा आज मात्रै ५ जना ले तुलादान गर्नुभएको साथै शालिकग्राम दर्शन समेत गरिएको र महायज्ञमा आज तस्रो दिनसम्ममा करिब ५ लाख भन्दा बढी रकम संकलन भएको यज्ञ मुल सम्पादन समिपितका महासचिव लुमाकान्त भुषालले जानकारी दिनुभएको छ ।

विं सं २०४८ सालमा स्थापना भएको जनता आधारभुत विद्यालयको अग्रेजी माध्यम र प्राविधिक शिक्षा सञ्चालनका लागी उक्त ज्ञान महायज्ञको आयोजना गरिएको र सो ज्ञान महायज्ञ पुस २ गतेसम्म बालब्यास पण्डित श्रीनारायण न्यौपाने कृष्ण चरणामृत जीको सगिंतमय कथा प्रबचन तथा झाकि सहित सञ्चालन हुने महायज्ञमा करिब ७० लाख संकलन गर्ने र २० लाख खर्च गरि ५० लाख बचत गरि बचेको रकमको ब्याजबाट विद्यालयलाई शैक्षिक गुणस्तरका लागी थप शिक्षकहरुको ब्यवस्था मिलाई पठन पाठन अगाडी बढाउने लक्ष्यका साथ काम गरिरहेको आयोजकले जनाएको छ ।सो महायज्ञको अफिसियल मिडिया सामुदायिक रेडिया दाउन्नेले महायज्ञमा हरेक दिन प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • मैत्रिपुर्ण ब्याडमिन्टन प्रतियोगीतामा मनिश र शेर बहादुरको टिम विजयी
  • उपभोक्ता समिति गठन तथा योजना संचालन सम्वन्धि अभिमुखीकरण
  • संविधान दिवस र कार्यान्वयनको अवस्था
  • मुख्य मन्त्रि शंकर पोख्रेलद्धारा  कुलपानी क्षेत्रको अवलोकन
  • कोरोनाका कारण बर्दघाट नगरपालिकामा अत्यावस्यक बाहेकका सम्पुर्ण सेवा बन्द
  • गल्याङ नगरपालिकाको विकासका लागि बृहत गुरुयोजनाको तयारी
  • शैक्षिक परामर्श गर्ने व्यवसाय सञ्चालनको वातावरण बनाईदिन ई–क्यान रुपन्देहीको माग
  • अर्घाखाँचीको मालारानी गाउँपालिका वार्ड नं २ को वीरेन्द्र मा विमा…
  • नेपाली कांग्रेसमा प्रवेशको लहर
  • भोलिदेखि आन्तरिक उडान