मर्चवारीमा समाजवादीको गाउंपालिका समिति गठन

प्रकाशित मिति:

बुटवल/समाजवादी पार्टिको मर्चवार गाउँपालिका समिति गठन भएको छ । मर्चवार गाउँ पालिकाको पिपरहैयामा तत्कालीन संघिय समाजबादी फोरम नेपाल र नयाँ शक्ति पार्टीका बीच समायोजन भई समाजवादी पार्टी मर्चवारी गाउँपालिका समिति गठन भएको हो । जसमा केशबनन्द बानिया इन्चार्ज र सुनिल जयसवाल अध्यक्ष रहेको ३५ सदस्य समिति गठन भएको हो । उक्त समायोजन कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय सदस्य किस्मत बिश्वकर्माले समाजबादी पार्टि नै शोषित पिडित र अधिकारबाट बन्चितमा परेका आम नेपाली जनताको हक अधिकारका लागि नै तत्कालीन संघीय समाजवादी फोरम र नयां शक्ति पार्टी एकीकरण भएको बताए ।

समाजवादी पार्टीले विचार मिल्ने पार्टी, शक्ति र समूहसंग ध्रुविकरण गर्दै आगामी चुनावमा देशको नेतृत्व गर्ने लक्ष्यमा रहेको केन्द्रीय सदस्य विश्वकर्माले बताए । जिल्ला अध्यक्ष रामअवतार यादवले सदियौंदेखि पछाडि पारिएका मधेशी, मुस्लिम, जनजाति लगायत सवै जाति र समुदायको हक अधिकारका लागि आवाज बुलन्द गर्ने पार्टी समाजवादी मात्रै भएको बताए । कार्यक्रममा पुर्ब सांसद एवम समाजबादी पार्टिका नेता ओम प्रकाश यादव , संघिय परिषद सदस्य निलम यादव , हरिचन्द सैतवार, रितु यादव , गाउँपालिका अध्यक्ष केशबनन्द बानिया लगायतले बोलेका थिए । पार्टीका जिल्ला अध्यक्ष रामअवतार यादवको अध्यक्षता, उपाध्यक्ष सियाराम यादवको संचालन र सुनिल जयसवालको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।