साढे १८ करोडकाे चुइगम नेपाल भित्रियो

२९ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
11 Shares


काठमाडौं –  देखासिकी र फजुल खर्चमा आकर्षित नेपाली उपभोक्ताले चालू आर्थिक वर्ष २०७६र७७ को बितेका चार महिनामा चुइगम चपाएरै साढे १८ करोड रुपैयाँ सकेका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको साउनदेखि कात्तिकसम्म ६ लाख २१ हजार ६ सय ८ किलो चुइगम नेपाल भित्रिएको छ । यसको मूल्य १८ करोड ४८ लाख ५५ हजार रुपैयाँ भएको भन्सार विभागले जनाएको छ ।यसैगरी, गत आवका चार महिनाको तुलनामा चालू आवको समीक्षा अवधिमा चुइगमको आयात भने केही घटेको छ । अघिल्लो वर्षका चार महिनामा कुल ७ लाख १६ हजार ९ सय १९ किलो चुइगम आयात भएको थियो ।

सो समयमा करिब २४ करोड ८० हजार रुपैयाँ बढीको चुइगम आयात भएको थियो ।विभागका अनुसार हाल नेपाली बजारमा सबैभन्दा धेरै चुइगम भारतबाट आयात भएको छ । चालू आवको बितेका चार महिनामा भारतबाट ६ लाख १९ हजार ३ सय ३ किलो चुइगम आयात भएको थियो । यस समीक्षा अवधिमा भारतपछि अमेरिकाबाट चुइगम धेरै आयात भएको देखिएको छ ।सो समयमा अमेरिकाबाट १ हजार १ सय २४ किलो, दक्षिण कोरियाबाट ५ सय १८ किलो, संयुक्त अरब इमिरेट्स यूएईबाट ४ सय किलो, बेलायतबाट १ सय ८२ किलो र थाइल्यान्डबाट ८१ किलो चुइगम आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । यसैगरी, चीनलगायत अन्य मुलुकबाट पनि विभिन्न प्रकारका चुइगम नेपाल भित्रिएको विभागले जनाएको छ । यो खबर आजको राजधानी दैनिकमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • १५ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय रंगशाला निर्माण हुँदै गुल्मीमा
  • अग्रज पत्रकार सेनानी गुप्ता रहेनन्
  • यि उपायले सजिलै भाग्छन् साङ्ला
  • लमहीमा डायलाईसिस सेन्टर शुभारम्भ गर्ने तयारी
  • युवा नेतृत्व विकास कार्यक्रममा छनोट भएकी छिन् नेविसंघ नेता बराल
  • मुसिकोट नगरपालिकालाई देशकै नमुना नगरपालिकाको रुपमा विकास गर्नुपर्छ :अध्यक्ष तिमिल्सिना
  • पत्रकार के.सी.ले दिए मुसिकोटका विद्यार्थीलाई स्वीटर
  • रामनगर एकेडेमीले मनायो १३औ बार्षिक उत्सव एवं अभिभावक दिवस
  • अक्षर एकेडेमीले मनायो अभिभावक दिवस
  • अक्सफोर्डद्वारा पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम सम्पन्न