१२ नबज्ने घडी

२९ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
26 Shares


एजेन्सी /स्विट्जरल्यान्डको सोलोर्थन सहरमा रहेका घडीमा कहिल्यै १२ बज्दैन। ती घडीमा ११ सम्म मात्र अंक छन्। १२ नम्बर भने गायब छ। यहाँ अरू पनि घडी छन् जसमा १२ बज्दैन। यो सहरका मानिसलाई ११ नम्बरसँग धेरै माया छ। यहाँ भएका धेरै चिजको डिजाइन ११ जस्तै छ।यो सहरमा चर्चको संख्या पनि ११ नै छ। त्योबाहेक यहाँ रहेको संग्रहालय, टावरको डिजाइनमा पनि ११ नम्बर देखिन्छ। यहाँको चर्च पनि ११ वर्षमै बनेर सकिएको थियो। उक्त चर्चमा तीन पंक्ति भर्‍याङ छन्। प्रत्येक पंक्तिमा एघार÷एघार वटा सिँढी छन्।

यहाँका मानिसले एघारौं जन्मदिन विशेष रूपले मनाउँछन्। यो अवसरमा दिइने उपहार पनि ११ नम्बरसँग जोडिएको हुन्छ। यसको पछाडि एक पुरानो मान्यता छ। कुनै समय सोलोर्थनका मानिस धेरै मेहनती थिए। तर, उनीहरूको जीवनमा खुसी थिएन। केही समयपछि यहाँको पहाडबाट अलौकिक प्राणी ९एल्फ० आउन लागे र उनीहरू आउनाले यहाँका मानिसको जीवनमा खुसी आयो।जर्मन भाषामा एल्फको अर्थ ११ हुन्छ। एल्फको बारेमा जर्मनीको पौराणिक कथामा पढ्न सकिन्छ। उक्त कथाका अनुसार एल्फसँग अद्भुत शक्ति छ। त्यसैले सोलोर्थनका मानिसले एल्फलाई ११ नम्बरसँग जोडिदिए। त्यही समयबाट यहाँका मानिसको ११ नम्बरसँग माया छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • १५ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय रंगशाला निर्माण हुँदै गुल्मीमा
  • अग्रज पत्रकार सेनानी गुप्ता रहेनन्
  • यि उपायले सजिलै भाग्छन् साङ्ला
  • लमहीमा डायलाईसिस सेन्टर शुभारम्भ गर्ने तयारी
  • युवा नेतृत्व विकास कार्यक्रममा छनोट भएकी छिन् नेविसंघ नेता बराल
  • मुसिकोट नगरपालिकालाई देशकै नमुना नगरपालिकाको रुपमा विकास गर्नुपर्छ :अध्यक्ष तिमिल्सिना
  • पत्रकार के.सी.ले दिए मुसिकोटका विद्यार्थीलाई स्वीटर
  • रामनगर एकेडेमीले मनायो १३औ बार्षिक उत्सव एवं अभिभावक दिवस
  • अक्षर एकेडेमीले मनायो अभिभावक दिवस
  • अक्सफोर्डद्वारा पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम सम्पन्न