पौष ३ गतेदेखि नेपाल आइडल सिजन ३ सुरु हुँदै

प्रकाशित मिति:

काठमाडौं – नेपाल आइडल सि’जन–३ सुरु हुँदैछ । पौष ३ गतेदेखि नेपाल आइडल सिजन–३ सुरु हुने आयोजकले जनाएको छ । आइडल प्रत्येक बिहीबार शुक्रबार राति साढे ८ बजे एपी वान टेलिभिजनबाट प्रसारण हुनेछ । नेपाल आइडलमा पुरानै जजहरू न्यू बद्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा रहेका छन् ।

नेपाल आइडल सिजन – ३ को अडिसन भदौ ३१ गतेदेखि सुरु भएको थियो । यसपटक काठमाडौं, पोखरा, विरगञ्ज, बुटवल, नेपालगञ्ज र विर्तामोड गरी ६ स्थानमा मात्रै अडिसन भएको थियो । नेपाल आइडल पहिलो सि’जनको वि’जेता बुद्व लामा तथा दोस्रो सिजनको वि’जेता रवि ओड बनेका थिए ।