कांग्रेस केन्द्रीय समिति बैठक : किन पौडेल पक्षले बहिष्कार गरिरहेका छन ?

२९ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बोलाइएको छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सहभागी हुनेनहुने अनिश्चित छ । केन्द्रीय समिति बैठक बस्नुअघि संस्थापन पक्ष र पौडेल पक्षबीच छलफल हुने बताइएको छ । छलफलमा सहमति भए बैठकमा पौडेल पक्ष पनि सहभागी हुनेछन् । आन्तरिक विवाद मिलाउन सभापति देउवा तथा वरिष्ठ नेता पौडेल पक्षका नेताबीच शनिबार साँझ पनि छलफल भएको थियो । त्यसअघि बिहान सभापति देउवा उपसभापति विमलेन्द्र निधिसहित पौडेल निवास बोहराटार पुगेका थिए ।

प्रकाशमान सिंहनिवास चाक्सीबारीमा साँझ भएको भेटमा पौडल पक्षले राखेका प्रस्तावमा छलफल गर्ने गरी बैठक टुंगिएको छ । १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने, बढाइएको विभागहरु हटाइनुपर्ने, भ्रातृसंस्थाहरुको महाधिवेशन ६ महिनाभित्र गरिसक्नुपर्नेलगायतका विषयमा दुई पक्षबीच सहमति बनेको छैन । देउवाका तर्फबाट उपसभापति विमलेन्द्र निधि चाक्सीबारी पुगेका थिए । छलफलमा केन्द्रीय समितिको बैठकअघि ती विषय सम्बोधन हुने गरी प्रस्ताव आउने प्रतिबद्धता जनाए बैठकमा सहभागी हुने अन्यथा बहिस्कार गर्ने पौडेल पक्षको अडान रहेको पौडेलपक्षीय नेता नवीन्द्रराज जोशीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया