सरकार र विप्लव समुहको द्वन्दमा सरकारले दमन र विप्लवले हिंसा छोड्नुपर्छ – अध्यक्ष पहाडी (भिडियो)

खर्चीलो निर्वाचनले भष्ट्रचार मौलायो

प्रकाशित मिति:

                                                           खर्चीलो निर्वाचनले भष्ट्रचार मौलायो 

सबलपोस्ट/बुटवल – मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले लोकतन्त्रमा रोग समयमै गर्नुपर्ने बताउनुभएको छ   । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले आइतवार बुटवलमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उहाले लोकतन्त्रमा ग्रहण समेत लागेकाले त्यसको मुक्ति जरुरी रहेको बताउनुभयो  । कमजोर नै भएपनि जनताले संविधान बनाएकाले संविधान र लोबतन्त्र जोगाउन जनता नै अग्रसर हुनुपर्छ , नभए जनता स्वयम कमजोर भएको ठहरिन्छ । लोकतन्त्र जोगाउने स्थानमा रहेका प्रधानमन्त्रि केपी ओलीलाई लोकतन्त्र जोगाउन अग्रसर हुनुपर्ने सुझाव दिनुभयो  ।

फरक प्रसंगमा उहाले तीनै तहमा भ्रष्टाचार मौलाएको भन्दै सरकारले गराएको खर्चिलो निर्वाचन नै भ्रष्टाचारको जड   रहेको छ ।  कुशासन र सुशासनले नै लोकतन्त्रको भविष्य निर्धारण गर्ने भएकाले यसलाई सुल्झाउनुपर्ने भनाई राखे ।  भ्रष्टाचार र विकृती व्यापक भएको उल्लेख गर्दै उहाले यसमा राजनितीक दलको दृढ इच्छाशक्ति कमी भएको उल्लेख गर्नुभयो  । सरकार र विप्लव समुहबीचको द्धन्दमा सरकारले दमन त्याग्नुपर्ने र विप्लव समुहले हिंसा छोड्नुपर्ने अवधारणा समाजको रहेको पहाडीले बताउनुभयो  ।

सत्तामा रहेका नेतालाई विप्लव समुहको कमजोरी बारे ज्ञान भएको भन्दै उनले विप्लवलाई हिंसात्मक राजनितीक खेल अन्तय गर्न संस्थाको बैठकबाट सुझाएको बताए । ढुंगा ढुंगााबीचको जुधाइले चरम रुप लिन्छ, त्यसैले यो स्थिती शान्त गराउन नागरिक स्तरबाटै वार्ताको दबाब दिन जरुरी छ – उहाले भन्नुभयो  । भारतीय पक्षको सिमा अतिक्रमणका विषयमा गम्भीर वहस गर्दै कालापानी लिपुलेकलाई नेपाली स्वाभिमानका रुपमा प्रस्तुत गरी तत्काल त्यहांबाट भारतीय सेना हटाउने सन्दर्भमा पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको पहाडीको भनाई छ ।  मानव अधिकार आन्दोलनको उदेश्य लागुऔषध र दुव्र्यशनको अन्त्य अभियानलाई नागरीक आन्दोलनका रुपमा फैलाउने तर्फ समेत शान्ति समाज अघि बढेको बताउनुभयो । मदिराजन्य पदार्थको सेवनले समाजमा विभिन्न विकृति र विसंगति मात्र होइन घरेलु हिंसा र व्यक्ति हत्या सम्मका घटना भएको निश्कर्ष निस्किएको छ , अन्त्यका लागि नागरीक आन्दोलन अभियानको प्रस्ताव पारीत भएको छ  ।

मानव अधिकार तथा शान्ति समाजको यही २७ र २८ गते दुईदिनसम्म बसेको राष्ट्रिय परिषद बैठकले विभिन्न १२ वटा निर्णय गर्दै सम्पन्न भएको थियो । बैठकमा भारतद्वारा नेपालको सिमा अतिक्रमण, जलवायु परिर्वानको असर, मानवअधिकार आनदोलन तथा लागुऔषध दुव्र्यसन अन्तका लागि अभियान, मानव बेचविखन तथा ओसारपसार लगायत गम्भीर अपराधका बारेमा, कारागारलाई सुधार गृहका रुपमा विकास गर्नुपर्ने तथा वैज्ञानिक शिक्षा र गुणस्तरिय स्वास्थ्यका लागि अभियान सञ्चालन लगायत महत्वपूर्ण विषयमा छलफल तथा निर्णय भएको अध्यक्ष उत्तम पुडासैनीले जानकारी गराउनुभयो  ।