बुटवल नयागाउँमा सुबिधासम्पन्न होटल ‘टुकी’ सञ्चालनमा

२९ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


बुटवल – बुटवल उप- महानगरपालिका वडा नम्बर १२ मा होटल ‘टुकी’ सञ्चालनमा ल्याइएको छ । होटलको एक कार्यक्रमका बिच गत बिहीवार बुटवल उप- महानगरपालिका वडा नम्बर १२का वडा अध्यक्ष दुर्गा प्रसाद सुबेदीले उद्घाटन गर्नुभएको हो ।

२ युवा बिकास र नबिन पाण्डेको संयुक्त लगानीमा उक्त होटल सञ्चालनमा आएको हो । युवाहरुले स्वदेशमै बसेरपनी केही नयाँँ कन्सेप्टका साथ फरक ढंगबाट होटलले सेवा प्रदान गर्ने उदेश्य लिएको होटल सञ्चालकले बताए ।

करीब ४० लाखको लागतमा सञ्चालनमा ल्याइएको होटलमा १० वटा सुबिधा सम्पन्न कोठा रहेका छन भने आफ्ना सामाग्री सुरक्षाका लागि पार्किङको पनि राम्रो ब्यबस्था गरिएको छ । नेपाली खानालाई बिशेष ग्रायतामा राखेर पाहुनाहरुलाई सेवा र सत्कार गर्ने उदेश्य होटल सञ्चालकले लिएका छन । साथै खाजा र नास्तालाई मध्यनजर गर्दै तु ब्रेकफास्टको पनि ब्यबस्था रहेको सञ्चालक बिकास पाण्डेले सबलपोस्टलाई जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया