कांग्रेस युवा नेता गगन थापा पौष १ गते कपिलवस्तु आउने

प्रकाशित मिति:

बुटवल  – नेपाली कांग्रेसका युवा नेता गगन थापा कपिलवस्तु आउनु हुने भएको छ । पार्टी संगठन सुदृढिकरणको अभियानको लागि उहाँ कपिलवस्तु आउन लाग्नु भएको हो । बाणगंगा नगरकमिटिको आइतबार गजेहडा बसेको वैठकले नेता थापालाई ल्याउने निर्णय गरेको कार्यबाहाक सभापति विष्णु थापाले जानकारी दिनुभयो ।

पार्टीका केन्द्रिय सदस्य समेत रहनु् भएका थापाले यहाँ आएका बेला पार्टी संगठन सुदृढिकरण र पार्टीका पछिल्ला गतिविधिबारे कार्यकर्तालाई प्रशिक्षण दिने जनाइएको छ । साथै उहाँले सरकारका गतिविधिबारे पनि कार्यकर्तामाझ पार्टीको धारणा राख्ने कार्यक्रम रहेको छ । कार्यबाहाक सभापति थापाको अध्यक्षतामा विपी स्मृति भवनमा बसेको बसेको वैठकले अरु बिभिन्न निर्णय पनि गरेको छ ।