‘देवीनगरमा हुन लागेको औद्योगिक व्यापार मेला वडाकै लागि गौरवको विषय’

प्रकाशित मिति:

                                              मेला सफल बनाउने टोल बिकास संस्थाहरुको प्रतिवद्धता

सबलपोस्ट/बुटवल – बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरका टोलबिकास संस्थाहरुले त्यस वडामा हुन लागेको मेला महोत्वस आफ्नो वडाकालागि गौरवको बिषय भएको बताएका छन् । बुटवल उद्योग बाणिज्य संघले आगामी पुसको ९ गतेदेखि २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ बुटवल ११ देवीनगर स्थित एन्फा एकेडेमीको उत्तरतर्फको खाली जग्गामा सञ्चालन गर्दै छ । मेला सञ्चालनका सन्दर्भमा आईतबार मेला स्थलमा भएको टोल बिकास संस्थाहरुसंगको बैठकका क्रममा टोल बिकास संस्थाका अध्यक्ष, क्लव तथा आमा समुहरुका अध्यक्ष तथा पदाधिकारीहरुले आफ्नो टोल छिमेकमा हुन लागेको मेला वडाकै लागि गौरवको विषय भएकाले मेलालाई सफल बनाउनकालागि आफूहरुको तर्फबाट खेल्नु पर्ने भूमिका खेल्नकालागि तयार भएको बताएका थिए ।

बैठकमा स्वागत गर्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समतिका संयोजक खिमबहादुर हमालले २००९ सालमा स्थापना भएको संघले उद्योगी व्यबसायीको हकहितसंगै बुटवलको सामाजिक बिकासमा खेलको भूमिकाको चर्चा गर्नुभएको थियो । त्यस अवसरमा उहाँले संघले सामाजिक उत्तरदायित्व बहन गर्दै शिक्षा तथा स्वास्थ्य क्षेत्रको बिकासकालागि लुम्बिनी बाणिज्य क्याम्पसको स्थापना, सिद्धार्थ गौतमबुद्ध क्याम्पसको स्थापना, बुटवल बुहुमुखी क्याम्पसमा बिज्ञान संकाय सञ्चालनकालागि भवन निर्माण, लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसुति सेवाकालागि भवन निर्माण, बाल तथा महिला अस्पताल (आम्दा) को स्थापनामा बुटवल उद्योग बाणिज्य संघको महत्वपूर्ण भूमिका र लगानी रहेको जानकारी गराउनु भएको थियो ।

यस क्षेत्रमा हुने मेलाका माध्यमबाट बुटवलको पिछडिएको क्षेत्रको रुपमा पहिचान बनाएको वडा नं. ११ देवीनगरको बिकासमा समेत योगदान हुने भएकाले मेलाको सफलता वडाको बिकाससंग समेत गासिएको संघका महासचिव तथा मेला प्रवद्र्धन एवं सचिवालय उपसमितिको संयोजक दिनेशप्रसाद श्रेष्ठले बताउनु भयो । उहाँले मेलालाई सफल बनाउनकालागि टोल बिकास समितिका माध्यमबाट आम वडा बासीमा आह्वान पनि गर्नुभयो । मेला स्थलसंग बुटवल उपमहानगरपालिका वडा नं. ११ का तल्लो देवीनगर टोल बिकास संस्था, भवानी टोल बिकास संस्था, रंगशाला टोल बिकास संस्था, सिद्धबाबा टोल बिकास संस्था, प्रगतिनगर टोलबिकास संस्था, पश्चिम सिद्धनगर टोल बिकास संस्था, पूर्व सिद्धनगर टोल बिकास संस्था प्रत्यक्ष जोडिएका टोल बिकास संस्था भएकाले मेलालाई सफल बनाउन यीनै टोल बिकास संस्थाको उल्लेखनीय सहभागि परिहार्य रहेको संघका सदस्य तथा खानेपानी तथा सरसफाई व्यबस्थापन उपसमितिका संयोजक सुरज भट्टराईले बताउनु भयो ।

बैठकमा तल्लो देवीनगर टोल बिकास समितिका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठ, युवा सञ्जालका अध्यक्ष कैलाश बहादुर खड्गी, मनकामना आमा सुमहकी अध्यक्ष टिकिसरा बस्याल, जनजागरण महिला समुहकी अध्यक्ष मञ्जु खड्का, सविता खनाल सिद्धबाबा टोल बिकास संस्था, भवानी टोल बिकास संस्था कल्पना पाण्डे मगर, पश्चिम शिद्धनगर टोल बिकास संस्थाकी उपाध्यक्ष मायाँ वेलवासे, तल्लो देवीनगर टोल आमा सुमहकी अध्यक्ष शारदा घिमिरे, रंगशाला टोल बिकास संस्थाका अध्यक्ष धनप्रसाद श्रेष्ठ, भवानी टोल बिकास संस्थाका अध्यक्ष वेदप्रसाद पौडेल, पूर्व सिद्धनगर टोल बिकास संस्थाका अध्यक्ष ज्योतीप्रसाद अर्याल, प्रगतिनगरका टेकबहादुर गुरुङ लगायतले मेलाको सफलतासंग वडाको भविश्य समेत जोडिएकाले मेलालाई सफल बनाउने दायित्व टोलबिकास संस्थाको पनि भएकाले टोलबिकास संस्थाको भूमिकाकालागि निश्चिन्त रहन आग्रह गर्नुभएको थियो । टोल बिकास समितिका अध्यक्ष तथा पदाधिकारीहरु, आमा समुहका अध्यक्ष तथा पदाधिकारीहरु, क्लवका अध्यक्ष तथा पदाधिकारीहरुले मेलास्थलसम्म पुग्ने सडक सुधार, खानेपानी तथा सरसफाईमा आयोजकले बिशेष ध्यान दिनुपर्ने र त्यस कार्यमा आफूहरुबाट आवश्यक पर्ने सहयोगकालागि प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।