काठमाडौ – आमा र छोरीको सम्बन्ध यति कोमल र भावनात्मक हुन्छ कि एक अर्काको प्राण नै हुन्छ । जब एउटी छोरी दुखि हु्न्छे । पिडामा हु्न्छे भने उसको आमाको आँखा रसाउँछ । आमा र छोरीले एक अर्काको पिडा दुख यसरी महसुस् गर्छन् कि जब उनिहरु अंकमाल गर्छन एक घण्टासम्म एकअर्कासंग अंकमाल गरिरहन्छ्न् । जतिनै सासुआमाले म पनि त तिम्री आमा जस्तै हुँ भने पनि आमा जस्ति हुँ भन्नु् र आमा हुनुमा धेरै फरक छ । एउटीलाई अर्काको दुखमा पनि दुख हुन्छ तर उनलाई तब सम्म पिडा हुन्न जब सम्म उनकी छोरी नै त्यो पिडामा हुँदिनन् । एउटी छोरीलाई दुबै घरको जिम्मेवारी सम्हाल्नुपर्ने हुन्छ । उसलाई सँधै डर हुन्छ कि उसको ससुराली (श्रीमानको घर) परिवारले माईति परिवारलाई आवेगमा आएर जथाभावी केहि भन्छन् की भनेर । माईति पक्ष जब आफ्नी छोरीको ससुराली जान्छन् त केहि न केहि कोसेली लिएर जान्छन् तर यस्तो संस्कार ससुराली पक्षमा कमै देखिन्छ ।
जबसम्म केटिको माईति पक्षले केहि न केहि दिने सहयोग गर्ने गर्छन तब सम्म उसलाई सुख हुन्छ । जब उसको माईती पक्षले यो सब गर्न छोडे सम्झिनुस की उसले अब दुख पाउने दिन आए । डरले छोरी मान्छेलाई यस्तो सम्म को अवस्था आउँछ की यसले आफ्नो पिडा आफ्नी आमालाई समेत भन्ने सक्दिन । तर छोरीले भने पनि नभने पनि आमालाई महसुस हुन्छ । आफ्नी छोर कति दुखमा छे । घरमा तिन चार जना छोरी हुन्नछन् तब बाबुआमा माथी त्यसै जिम्मेवारी थपिन्छ तर पनि उनिहरुले आफ्नो अवस्थाले भ्याएसम्म गर्छन । चाहे उनिहरुलाई बिहान साँझको छाक टार्नै गाह्रो किन नहोस् । छोरी मान्छे जहिले पनि अरुलाई कसरी ईज्जत गर्नेतिर लाग्छन् तर छोरा मान्छेलाई अरुको इज्जतको धजिया उडाउन एक मिनेट पनि लाग्दैन । छोरीलाई जिम्मेवारी निभाउन दिनुहोस् । उनिहरुलाई घरिघरि फोन गरेर नसताउनुहोस् याद राख्नुहोस् यदि तपाँइले आफ्नी छोरीलाई राम्रो संस्कार दिनुभयो भने भोली उसले हजुरले भन्दापनि राम्रोसंग आफ्नो घर सजिलै सम्हालेर बस्न सक्छे । जहाँ उसलाई आफ्नो पुरा जिन्दगी बिताउनुछ । सम्बन्ध संधै सुमधुर बनाउँनुहोस् । किनेभने सम्बन्ध टुट्नु अनर्थ हो । साथी फेरि पनि भेटिन सक्छन् तर छुटेका सम्बन्ध फेरि जोडिदैनन् । अनि यस्को फाईदा उनिहरुले लिन्छ्न् जो तपाईको वरिपरि रहेर तपाईलो कुभलो चिताईरहेका हुन्छन् । तपाईले चाहेर पनि त्यो दुरि मेटाउन सक्नुहुन्न ।