कञ्चन खोलामा फेरी अर्को पुल बन्ने, प्रदेश सांसद भुमिश्वर ढकालद्धारा शिलन्यास

प्रकाशित मिति:

कञ्चन – कञ्चन गाउपालिकामा फेरी तेश्रो पक्की पुलको रुपमा कञ्चन गाउपालिका वार्ड नं. १ दानापुर दिबई टोल र कञ्चन ४ बेलडाडा जोड्ने कञ्चन खोलामा निर्माण हुने भएको छ ।नया निर्माण हुन लागेको पक्की पुलको प्रदेश नं. ५ रुपन्देही क्षेत्र नं. ५ (क)का सांसद भुमिश्वर ढकालले शिलन्यास गर्नु भएको छ । सांसद ढकालले पक्की पुलको शिलन्यास गर्दै कञ्चनको दुइ गाउलाइ जोड्नुको साथै कपिलबस्तुको बनकट्टी,कप्टैया,धरमपुर सुनपुरका जनतालाई समेत बुटवल जानको लागि नजिकको दुरी हुने बताउनु भएको छ । सांसद ढकालले पक्की पुल निर्माण सम्पन्न भए पछि कञ्चनको पर्यटकिय दानापुर तालमा आन्तरिक पर्यटकहरुको सख्यामा बृद्धि हुने तालको गरिमा बढ्ने बिश्वास गर्दै यो पुल समयमै निर्माण सम्पन्न गर्नको लागि प्रदेश सरकारको तर्फबाट आवस्यक सहयोग जुटाउनको लागि भुमिका खेल्ने प्रतिबद्धता जनाउनु भएको ।

सांसद ढकालले कुनैपनि बिकासको पुर्वाधारलाई समयमै सम्पन्न गर्न र गुणस्तरिय तथा पारदर्शी रुपमा काम सम्पन्न गर्न स्थानियको पनि सतर्कता आवस्यक पर्ने बताउनु भएको छ ।फरक प्रसंगमा बोल्दै सांसद ढकालले नेपालको इतिहासमा के.पी. ओलीको सरकारले नेपालको सिमा अतिक्रमणको बिरुद्ध सबै जनतालाई एक ठाउमा जुटाएर आवाज उठाएको बताउदै कुनैपनि हालतमा देशको माटो कसैलाई पनि मिच्न नदिनको लागि बर्तमान सरकार जुटेको बताउनु भएको छ यसैगरी कञ्चन गाउपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका बिशिष्ट अतिथि गोमा तरामुले समृद्ध कञ्चन,खुशी कञ्चनवासी बनाउन अव बन्ने पक्की पुल पनि कोशेढुंगा बन्ने बताउदै कञ्चनको बिकासमा कुनै पनि पार्टी र जाती नभै सबै एक भएर लाग्नु पर्ने बताउनु भएको छ। प्रादेशिक सडक पुल समन्वय कार्यलय,क्षेत्रिय कार्यलय प्रदेश नं. ५का इन्जिनियर हरि प्रसाद पौडेलले प्रदेश नं. ५ को सबै भन्दा ठूलो बजेटमा निर्माण हु लागेका पक्की पुलको समयमै सम्पन्न गर्न लगाउनमा स्थानियको पनि महत्वपुर्ण भुमिका हुने भएकोले निर्माण ब्यबसायीलाई काम गुणस्तरिय र छिटो निर्माण सम्पन्न गर्न लगाउनु पर्ने र यदि निर्माण ब्यबसायीले काममा ढिला सुस्ती गरी काम रोकेको खण्डमा निर्माण ब्यबसायीलाई कार्बाही गरिने बताउनु भएको छ । कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले अव कञ्चनको समृद्धि र कञ्चनवासीको खुशीलाई कसैले पनि रोक्न नसक्ने बताउदै कञ्चन गाउपालिका हुदै बग्ने कञ्चन नदीमा एउटा पक्की पुलको निर्माण सम्पन्न भै आवतजावतको शुरुवात भैसकेको र बनकसी पुल निर्माण कार्यमा ढिलाई भएको प्रति उक्त निर्माणका ठेकेदारलाई ईंगित गर्दै अव पनि सो पुल बन्नमा ढिलाई भए गाउपालिकाले कानुनी प्रक्रिया अपनाई अघि बढ्ने बताउनु भएको छ

आज शिलन्यास भएको पुलको निर्माण कार्य ढिलाई नहुनेमा बिश्वस्त हुदै समयमै का सम्पन्न गरे कञ्चनवासीको तर्फबाट निर्माण ब्यबसायीलाई सम्मान गरिने बताउनु भएको छ। कार्यपालिका सदस्य गिता थापाले स्वागत मन्तब्य राख्दै हिजो हाम्रा साना बिषयहरु मत्र होइन ठूला समस्याहरु सुन्ने र सुनाउने ठाउ भएकै कारण हामी पछि परेका थियौं तर आज स्थानिय,प्रदेश र केन्द्र सरकारमा कुनै न कुनै ढंगले हाम्रा गुनासाहरु सुनिने र कार्यान्वयनको तहमा पु¥याउने माध्यम स्थानिय सरकारको सदस्य हुन पाएकोमा गर्व गर्दै आज त्यसैको फलस्वरुप कञ्चन खोलामा पक्की पुलको शिलन्यास भएको हो । हिमा बेलबासेको संचालनमा सम्पन्न कार्यक्रममा एसियाटिक—हिमाल जे.भि. बुटवलका यमलाल खनालले पुल निर्माण अवधी ३० महिना भएको भएपनि स्थानियको सहयोग,मौसम र निर्माण सामाग्री समयमै उपलब्ध भएमा ढिलोमा २ बर्षमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गर्दै पुल निर्माणको लागत,डिजाइन तथा प्रयोग हुने प्रबिधि र प्राबिधिकबारे सार्बजनिक गर्नुभएको थियो । कञ्चन खोला पुल कुल १० करोड ३३ लाख ५३ हजार ८ सय ६६ रुपैया ६३ पैसामा ७० मिटर लम्बाई,७.६मिटर उचाई,८.४ चौडाईमा प्रिस्ट्रेट कंक्रिट बिम पााइल फाउण्डेशनमा निर्माण हुनेछ भने पुल निर्माणको समयावधी ३० महिनाको रहेको छ ।