योग्य जनशक्ति उत्पादन विना देश वदल्ने कल्पना हुन सक्दैन : पूर्व मन्त्री विष्ट

प्रकाशित मिति:

कौरव खत्री/गुल्मी – पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले योग्य जनशक्ति उत्पादन गर्न नसकेसम्म देशलाई वदल्ने कल्पना समेत गर्न नसकिने बताए । शनिवार महेन्द्र आदर्श मावि वामीटक्सार गुल्मीको ६१ औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै पूर्व मन्त्री विष्टले शिक्षामा राज्यको लगानी महत्वपूर्ण हुने बताए । गुल्मी क्षेत्र नं. २ को सांसद समेत रहेका विष्टले वि.सं. २०८२ साल सम्म कुनै वालबालिका विद्यालय जान सकेनन् भने त्यसको जिम्मा राज्यले लिने तर अभिभावकको कारण जान नसके आवश्यक कदम चालिने बताए । साथै पूर्व मन्त्री विष्टले रिडि रुद्रवेनी सडक कालोपत्रेको लागि टेन्डर हुन लागेको जानकारी दिँदै विद्युत केन्द्रीय प्रसारणको लागि समेत काम भैरहेको बताए ।

सोही अवसरमा विष्टले भुकम्प पुनःनिर्माण प्राधिकरण अन्तरगत निर्माण भएको ४ कोठे भवनको समेत उद्घाटन गरे । कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा,धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेल, पूर्व प्रधानाध्यापक भिमलाल सापकोटा, पूर्व श्रोतव्यक्ति टंकनाथ भण्डारी,युनेस्को युवा क्लव मुसिकोट नगरपालिकाका अध्यक्ष मोहन घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए । सोही अवसरमा विद्यालयका पूर्व प्रधानाध्यापक भिमलाल सापकोटा, पूर्व श्रोतव्यक्ति टंकनाथ भण्डारी,युनेस्को युवा क्लव मुसिकोट नगरपालिकाका अध्यक्ष मोहन घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अवसरमा विद्यालयमा दिर्घ सेवा गरि अवकास लिएका विद्यालयका पूर्व प्रधानाध्यापक भिमलाल सापकोटा, पूर्व शिक्षकहरु टंकनाथ भण्डारी,नन्दराम सापकोटा, विष्णुराज भण्डारी लाई दोसल्ला मायाको चिनो फुलमालाले सम्मान सहित विदाई गरिएको थियो । सोही अवसरमा विद्यालयको लागि नगद २५ लाखको चेक हस्तान्तरण गरेकी साविककोवामी गाविस वडा नं. ७ ठूलोखर्क शिक्षाप्रेमी निवासी गिता खरेललाई दोसल्ला मायाको चिनो फुलमालाले सम्मान गरिएको थियो । गत मंगलवारदेखि शुरु भएको विद्यालयको बार्षिकोत्सवमा विभिन्न सदनात्मक प्रतियोगिता एवं खेलकुद तथा साँस्कृतिक र अन्तर विद्यालय स्तरीय कार्यक्रमहरु समेत गरि शनिवार सम्पन्न भएको हो । बार्षिकोत्सवमा विजेता समूह तथा व्यक्तिहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष भुवन केसीको अध्यक्षता, विद्यालयका सहायक प्रधानाध्यापक मिगे्रन्द्र रिजालको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने विद्यालयका शिक्षक धनपति खरेलले गरेका थिए ।