त्रिभुवन विश्वविद्यालयको ४५ औं दिक्षान्त समारोह पौष ३ गते

२९ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – त्रिविका कुलपति एव‌ सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोह पौष ३ गते बिहिवार हुने भएको छ । उक्त कार्यक्रम ललितपुर स्थित पुल्चोक क्याम्पसको प्राँगणमा विहान १० : ३० बजे हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

त्रिवि अन्तर्गत पाँच वटा अध्ययन संस्थान, ३५ वटा केन्द्रीय विभाग, ६० वटा आंगिक क्याम्पस र १ हजार ८४ वटा सम्बन्धन प्राप्त क्याम्पस संचालनमा छन् । उच्च शिक्षा अध्ययनरत विद्यार्थीमध्ये ८० प्रतिशतभन्दा बढी त्रिविमा अध्ययनरत छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया