श्रीमद् भागवत पितृमोक्ष धनधन्याञ्चल सप्ताह विराट ज्ञान महायज्ञ : चौथो दिन उल्लेख्य भक्तजनको सहभागिता

प्रकाशित मिति:

नवलपरासी/जनता आधारभुत विद्यालय सुनवल १२ हरकट्टा पश्चिम नवलपरासीको आयोजनामा सुरु भएको श्रीमद् भागवत पितृमोक्ष धनधन्याञ्चल सप्ताह विराट ज्ञान महायज्ञ २०७६ आइतबार चौथो दिन उल्लेख्य भक्तजनहरुको सहभागिता रहेको छ । आइतबार चौथो दिनको प्रमुख अतिथिको रुपमा पुर्व गृहराज्यमन्त्री एवं प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कण्डेल रहनुभएको थियो । उक्त महायज्ञमा आज चौथो दनिमा आइपुग्दा ७ जनाले तुलादान गर्नुभएको साथै शालिकग्राम दर्शन समेत गरिएको छ । महायज्ञमा चौथोे दिनसम्ममा करिब १० लाख भन्दा बढी रकम संकलन भएको यज्ञ मुल सम्पादन समिपितका महासचिव लुमाकान्त भुषालले जानकारी दिनुभएको छ ।

विं सं २०४८ सालमा स्थापना भएको जनता आधारभुत विद्यालयको अग्रेजी माध्यम र प्राविधिक शिक्षा सञ्चालनका लागी उक्त ज्ञान महायज्ञको आयोजना गरिएको र सो ज्ञान महायज्ञ पुस २ गतेसम्म बालब्यास पण्डित श्रीनारायण न्यौपाने कृष्ण चरणामृत जीको सगिंतमय कथा प्रबचन तथा झाकि सहित सञ्चालन हुने महायज्ञमा करिब ७० लाख संकलन गर्ने र २० लाख खर्च गरि ५० लाख बचत गरि बचेको रकमको ब्याजबाट विद्यालयलाई शैक्षिक गुणस्तरका लागी थप शिक्षकहरुको ब्यवस्था मिलाई पठन पाठन अगाडी बढाउने लक्ष्यका साथ काम गरिरहेको आयोजकले जनाएको छ ।