एक करोड नाघे नेपालमा फेसबुक प्रयोगकर्ता

२९ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – बहुचर्चित सामाजिक सञ्चाल फेसबुकको प्रयोगकर्ता नेपालमा १ करोड ४ लाख २९ हजार रहेका छन् ।यो नेपालको जनसंङ्ख्ष्याको ३४‍।५ प्रतिशत हो । त्यस्तै, फेसबुक चलाउनेमध्ये धेरै जना पुरुष रहेको तथ्यांकले देखाएको छ ।सामाजिक संस्था विश्लेषण गर्ने नेपोलियन क्याटका अनुसार नेपालमा फेसबुक चलाउनेमध्ये धेरै जसो २५ देखि ३४ वर्ष उमेर समूहका छन् ।

त्यस्तैगरी १२ लाखले इष्टाग्राम र ५७ लाखले फेसबुकको मेसेन्जर चलाउने गरेको तथ्याङ्कले देखाएको छ ।फेसबुकको प्रयोगकर्ताको पछिल्लो प्रयोगकर्ताको अनुसार फेसबुकका एक्टिभ प्रयोगकर्ता एसिया महादेशमा रहेका छन् ।दक्षिण एसियाली राष्ट्र र एसियाली मुलुक मध्ये धेरै फेसबुकका प्रयोगकर्ता भारतमा रहेका छन् । भारतमा २५ करोड भन्दा बढी फेसबुकका प्रयोगकर्ता रहेको जनाइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया