भारतमा नागरिकता संशोधन विधेयक विरुद्ध भएको प्रदर्शनमा ६ को मृत्यु

२९ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


एजेन्सी –  भारतमा नागरिकता संशोधन विधेयक विरुद्ध भएको प्रदर्शनका क्रममा ६ जनाको मृत्यु भएको छ । गत एक सातादेखि पूर्वोत्तर राज्यमा जारी आन्दोलनमा प्रहरीको गोली लागि ६ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।हिंसात्मक रूपमा अगाडि बढेको प्रदर्शनमा आइतबार पनि गुवाहटी, डिब्रुगढ़ लगायत क्षेत्रमा हजारौं संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका छन् । प्रदर्शनकारीको भीड नियन्त्रण गर्न प्रहरीलाई कठिनाई भएको छ । प्रदर्शनकारीले राज्यका मन्त्री तथा नेताका घरलाई निशाना बनाउन थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

असममा कार्यरत् सरकारी कर्मचारीले नागरिक संशोधन विधेयकविरुद्घ कामकाज ठप्प पारेर डिसेम्बर १६ का दिन प्रदर्शनमा उत्रिने जनाएका छन् । असममा उक्त विधेयक विरुद्घको आन्दोलनलाई ठूलो संख्यामा रहेका नेपालीभाषी समुदायले पनि साथ दिएका छन् ।बाहिरबाट आएका मानिसलाई नागरिकता दिँदा भारतका विभिन्न भागमा वर्षौदेखि बसोबास गरिरहेका रैथाने नेपालीभाषी गोर्खा समुदाय कर्नरमा पर्नसक्ने उनीहरुको धारणा छ । तीन दिन अघि लगाइएको कफ्र्यू स्थानीय प्रशासनले केही खुकुलो बनाए पनि आन्दोलनकारीले प्रदर्शनबाट पछि नहट्ने बताउँदै आएका छन् ।भाजपा सरकारले विधेयक पारित गरेपछि असम, त्रिपुरा, पश्चिम बंगाल, मुम्बईलगायत भारतका विभिन्न राज्यमा आन्दोलन जारी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा