पोखरामा ‘सडकमै खाउँ सडकमै रमाऔ’ भन्ने नाराका साथ महोत्सव आयोजना

२९ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


पोखरा लेकसाइडको करिब ३ किलो मिटर सडक क्षेत्रमा हुने सडक महोत्सव आगामी पुस १२ गतेदेखि हुने भएको छ ।मुलुकको दोश्रो पर्यटकीय क्षेत्रको रुपमा बिकास भएको पोखरामा ‘सडकमै खाउँ सडकमै रमाऔ’ भन्ने नाराका साथ रेवान पोखराको आयोजनामा महोत्सव हुन लागेको हो ।अंग्रेजी नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्षको पुस १२ गतेदेखि १६ गतेसम्म सडक महोत्सवको आयोजना गरिदै आएको छ ।रेवान पोखराले आइतबार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरेर सौराहामा आउने बाह्य तथा आन्तरिक पर्यटकलाई निमन्त्रण दिएको छ । यसरी हुने मेला महोत्सबले पोखरा र सौराहालाई जोड्दै पर्यटन प्रर्वधन गर्न सकिने रेवान पोखराका पूर्वअध्यक्ष गोपी बहादुर भट्टराईले बताए ।

यस पटकको सडक महोत्सवमा भारत, पाकिस्तानबाट साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने पत्रकार सम्मलेलन मार्फत जानकारी गराइएको थियो ।नेपाल भ्रमण वर्षको वेला हुन लागेको सडक महोत्सवले पर्यटन प्रवर्धनमा थप टेवा पुग्नेछ । पर्यटन विकासमा सौराहा र पोखराबीच सम्वन्ध रहेको भन्दै पर्यटकीय क्षेत्रहरुलाई जोड्न सके पर्यटन दीगो हुनुका साथै आम्दानीको श्रोत समेत बढ्ने रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाको दाबी छ ।सडकमा हुने उत्त महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकारहरुको स्वाद लिन पाउनुका साथै हस्तकला प्रर्दशनी, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रर्दशनी, ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुतसमेत रहने मेला प्रवर्धन समितिका संयोजक सूर्य बहादुर भुजेलले बताए ।रेवान पोखराको टोलीले यसअघि जनकपुर र इटहरीमा पत्रकार सम्मेलन गर्दै पोखरा सडक महोत्सवमा उपस्थित हुन निम्तो दिइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण