यसकारण हुन्छ हृदयघात, कसरी बच्ने ? जानिराखौ

२९ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं  –  जाडो मौसममा मानिसहरू अत्यधिक खाने, कम शारीरिक परिश्रम गर्ने तथा धेरै सुत्ने गर्छन् । जाडो मौसममा सबैभन्दा धेरै चिसोले रोग प्रतिरोघत्मक क्षमता कम भएका, बृद्ध तथा बालबालिकाहरूलाई सताउने गर्छ ।जाडो मौसम मुटुका रोगीहरुको लागि निकै खतरनाक सावित हुन सक्नुका साथै चिसोसँग बच्न नसक्नेलाई हृदयघातको समेत खतरा हुने विज्ञहरुले बताउदै आएका छन् ।चिसो हावाले शरीरको गर्मीपनालाई हटाएर रक्तनलीहरू खुम्चिने हुदा मुटुको समस्या भएका मानिसहरूले विशेष सावधानी अपनाउनु पर्छ ।जाडो मौसममा बिहानको समयमा शरीरका रक्तनलीहरु संकुचित हुने हुदा हावामा पाइने धुवाँ र यसको खराब गुणले हृदयघातको जोखिमलाई दुई गुणा बढाउन सक्ने एक अध्ययनले साबित गरिसकेको छ ।वातावरणमा भएको प्रदुषित हावामा पाइने स-साना हानिकारक कण सासको माध्यमले मुटुसम्म पुगेर सास फेर्नमा समस्या र छातीमा संक्रमण पैदा गरि मुटुलाई नोक्सान पुर्याउन सक्छ । जाडो मौसममा खोकी लाग्ने, घाँटी पोल्ने, आँखा पोल्ने, दम, फोक्सोको रोग लगायतको खतरा हुन्छ ।

शरीरमा भिटामिन ‘डी’को कमी, कोलस्ट्रोलको बढ्दो स्तर, रक्तसञ्चारमा गडबडी, उक्तारक्तचाप, पसिना नआउने र फोक्सोमा अतिरिक्त पानी जम्मा हुने जस्ता कारणले हृदयघातको जोखिमलाई बढाउने गर्छ ।हृदयघातबाट बच्नको लागि यसले दिने साधारण संकेततर्फ  छाती पोल्ने, बेचैनी हुने, लगातार रक्तचाप उच्च रहने, हात दुखेर छातीसम्म पुग्ने ध्यान दिनुपर्छ ।चिसो मौसममा हृदयघातबाट बच्नका लागि शरीरलाई न्यानो बनाउनका लागि न्यानो लुगा लगाउने, बिहानै चिसोमा नहिँड्ने, घाम ताप्ने, तातो पानी तथा पौष्टिक आहारको सेवन गर्ने गर्नु पर्छ ।धेरै शारीरिक श्रम नगर्नाले जाडोमा पाचन क्रिया बिग्रेर कोलस्ट्रोल बढ्ने सम्भावना धेरै हुने हुदा जाडोमा हल्का र सन्तुलित भोजन खानुपर्छ ।जाडो मौसममा चिसो र प्रदुषित हावा सासको माध्यमले शरीरमा जाने खतरा हुने हुदा स्वास्थ्य रहनका लागि गरिने मर्निङ वाक पनि हानिकरक हुन्छ । जाडो मौसममा वृद्ध र बच्चाहरूलाई बिहानै चिसोमा पैदल हिँड्न दिनु हुदैन ।जाडोमा घरमै बसेर योगा, ध्यान वा वर्कआउट गर्न सकिन्छ । बाहिर गर्मी महसुस गराए पनि भित्री अंगहरुमा चिसो हुने हुदा चिसोमा धुम्रपान र मदिरापानले हृदयघातको खतरा बढाउन सक्छ ।

बच्नलाई के गर्ने – घिउ, तेल, नौनी, छाली, वटर र वोसो चिल्लो पदार्थ पाइने खाद्य पदार्थ खानु हुँदैन ।-मुटुरोगीले माछामासु नखाँदा राम्रो । माछामासु खाएमो कोलस्ट्रोल बढ्छ । र, त्यसले हृदयघातको खतरा बढाउँछ ।-बदाम, काजु, मुङ्फली, नरिवल जस्ता तौलिय फलहरु खानु हुदैन ।-टन्न खाने बानी छ भने त्यो हटाउनुपर्छ ।-साँझ सकेसम्म खाना नखाने ।-दाल, तरकारिको सुप, उसिनेको सागसब्जी खाने ।-चाउचाउ, बिस्कुट, नुडल्स्, कार्बोनिकपेय, अल्कोहलिकपेय र बढी नुन र नुनिलो जिनिस नखाने ।-नियमित व्यायाम अर्थात् दैनिक आधादेखि १ घन्टा मर्निङ वाक गर्ने ।-मुटु रोगीका लागी बिश्राम अत्यावश्यक छ । रातीको खाना पचिसकेपछि मात्रै सुत्ने बानी बसाल्नुपर्छ ।-दिउसो सुत्ने, विहान अबेरसम्म सुत्ने, राति अबेर सुत्नु मुटुरोगीका लागि हितमा हुँदैन ।-तनावरहित जिन्दगी जिउन सक्नुपर्छ ।-जिबनमा अति महत्वकांक्षा राख्नु हुँदैन ।-नाम, दाम र शक्तिका पछाडि मरीहत्ते गर्ने बानी मुटुका लागि राम्रो होइन ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया