के हो अश्वगन्धा ? यस्ता छन् यसका औषधीय गुणहरू

२९ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


उष्ण क्षेत्रमा पाइने बुट्यान वर्गको वनस्पति हो । यसको बोट तीनदेखि पाँच फिट अग्लो हुन्छ । झण्डै आँक जस्तो देखिने अश्वगन्धाको पात सेता झुसले ढाकेको ४ देखि ६ इन्च लामो हुन्छ ।अश्वगन्धामा कार्तिक महिनामा गुच्छाको रूपमा फूल फुल्ने गर्दछ । प्राय प्रत्येक गुच्छामा ५ वटा फूल हुन्छ । यसको चोपयुक्त जरा आधा देखि एक फिटसम्म लामो एक-डेढ इन्च मोटो हुन्छ । बाहिर खरानी रंगको यसको जरा, भित्र सेतो रंगको हुन्छ ।जराबाट घोडाको गन्ध आउने भएकोले नै यसलाई अश्वगन्धा भनिएको हो । आयुर्वेदमा यसलाई नसायुक्त औषधिको रूपमा वर्गीकरण गरिएको छ । यौन र बीर्य दुर्बलता तथा नपुंसकता,

मुर्छा, भ्रम र अनिद्रा, बाथ र नशारोग, शारीरिक कमजोरी, गर्भाशय र योनी सुन्निएको, योनीबाट सेतो पानी बग्ने, स्त्रीले गर्भधारण गर्न नसक्ने, अजीर्ण-अपच, भोक नलाग्ने, पेट दुखेको, क्षयरोग, बच्चा दुब्लाउँदै जाने, श्वासप्रश्वासको समस्या, उच्च रक्तचाप, रक्त बिकार आदि रोगहरुको उपचारमा यसको जराको चूर्ण सेवन गरिन्छ तथा पातलाई चिया जस्तै पकाएर खाइन्छ ।यसको फलको बीउ दूधमा राख्दा दूध तत्काल दहीमा परिणत हुन्छ । यसको लेपले सुन्निएको, फोका, गाँठा-गिर्खा, दुखेको आदिको उपचार गरिन्छ । अश्वगन्धाको चुर्णले मांशपेशी तथा नसालाई शक्ति प्रदानगर्ने गर्दछ ।त्यस्तै जोर्नीको बाथ लगायत सबै किसिमको बाथ, पक्षघात, साइटिका, धनुष्टंकार, युरिकएसिड यौन दुर्बलता, शुक्रकिटको कमि आदि रोगहरूको उपचारमा पनि यसको एक चम्चा चुर्णलाई दूध तथा महसँग मिलाएर दिनमा दुई पटक खाने गरिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया