प्रधानाध्यापकलाई मोसो दले विप्लव कार्यकर्ताले

२९ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


कैलाली – सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लवु समूहका कार्यकर्ताले घोडाघोडी नगरपालिका १ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई कालोमोसो दलेका छन्। आइतबार दिउँसो प्रधानाध्यापक रामछविला चौधरीलाई विप्लव कार्यकर्ताले कालोमोसो दलेका हुन्। विद्यालयमा अनियमितता गरेको, शिक्षकलाई तलब दिन नसकेको लगायतको आरोपमा चौधरीलाई मोसो दलेको विप्लव समूहले दाबी गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया